काटिएको एकदिनपछि लिंग जोड्न सफल भए बेलायती डाक्टर


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

बेलायती डाक्टरहरुले काटिएको एकदिनपछि एकजनाको लिंग जोड्न सफल भएका छन् । कुनै अंग रक्तसंचारबाट विच्छेद भएको यति लामो समयपछि जोड्न सफल भएको यो नै पहिलो घटना हो ।

शल्यकृयाको ६ सातापछि उक्त व्यक्तिको युरेथ्राले पुन काम गर्न थालेको छ । त्यस्तै लिंगमा पनि संवेदना फर्किसकेको छ । डाक्टरहरुले अत्यन्तै सफलताका साथ आर्टर र भेनहरुलाई जोड्न सफल भएका छन् ।

अहिले उक्त व्यक्तिको लिंगमा पहिलेकै जस्तो उत्तेजना समेत फर्किसकेको छ । छुट्सिकेको लिंग पुन जोड्ने घटना मेडिकल साइन्समा दुर्लभ मध्येको घटना हो । अहिलेसम्म झण्डै एकसयको मात्र यसरी लिंग जोडिएको जनाइएको छ ।

यसअगाडि ४ बर्षका बालकको लिंग १८ घण्टाको अवधिमा सफलताका साथ जोडिएको थियो । तर बिर्मिंघमका डाक्टरहरुले अहिले जोड्न सफल भएको लिंग ३४ बर्षका व्यक्तिको हो ।

मानसिक रुपमा बिरामी भएका ती व्यक्तिले आफ्नो लिंग आफैले काटेका थिए । लिंग काटेको १५ घण्टापछि पत्ता लागेको थियो । र तुरुन्तै अस्पताल लगेर शल्यकृया सुरु गरिएको थियो ।

यसबारेको केस रिपोर्ट बीएमजे जर्नलमा प्रकाशित भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com