अमेरिकामा थपिए ४८ लाख नयाँ रोजगारी, बेरोजगारी दर ११ दशमलव १ प्रतिशत


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

अमेरिकी अर्थतन्त्रमा जुन महिनामा ४८ लाख रोजगारी थपिएको छ भने बेरोजगारी दर  ११ दशमलव १ प्रतिशत कायम भएको छ । श्रम तथ्यांक ब्यूरोले विहिबार सार्वजनिक गरेको नयाँ तथ्यांक अनुशार समग्र बेरोजगारी दरमा अनुमान गरेभन्दा केही कमी आएको हो ।

अर्थशास्त्रीहरुले जुन महिनामा ३० लाख रोजगारी थपिने र बेरोजगारी दर १२ दशमलव ३ प्रतिशत कायम हुने अपेक्षा गरेका थिए । तर मे महिनामा पनि २५ लाख रोजगारी थपिएपछि अर्थशास्त्रीहरुको अनुमान भन्दा राम्रो नतिजा देखिएको हो ।

कोरोनाको महामारीका कारण मार्च र अप्रिल महिनामा धेरै कामदारहरुले काम छाडेर घरमा बस्नुपर्ने अवस्था आएको थियो । तर मे महिनापछि काममा फर्कनेहरुको संख्या बढ्दै गएपछि नयाँ रोजगारीहरु थपिएका हुन् । उत्पादनको क्षेत्रमा मात्र ३ लाख ५६ हजार नयाँ रोजगारी थपिएका छन् ।

कोरोनाको महामारीका कारण अमेरिकामा झण्डै २ करोड २० लाखले काम गुमाउनुपरेको थियो । त्यसैले पहिलेकै अवस्थामा आउन भने अझै लामो समय लाग्ने अनुमान गरिएको छ । सुरुमा साढे तीनलाखले साप्ताहिक रुपमा बेरोजगारी फाइल गरेपनि अहिले भने त्यसमा केही कमी आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com