वेल्स नेपाली समाजबाट तीन दर्जन विद्यार्थीलाई राहत


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

वेल्स नेपाली समाजले कोरोना महामारीका बेला अफ्ठेरोमा परेका विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

एनआरएनए वेल्स राज्य समन्वय परिषद समेतको सहकार्यमा करिब तीन दर्जन नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको समाजका अध्यक्ष अमृत घलेले बताए ।

सहयोगको याचनासहित संस्थाको सम्पर्कमा आउने विद्यार्थीहरुलाई घरघरमै पुगेर आधारभूत खाद्यसामग्री प्रदान गरिएको उनले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

अफ्ठेरोमा पर्ने विद्यार्थीहरुको लागि वेल्सवासी नेपालीहरुले सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएका थिए ।

यसअघि कोभिड १९ का कारण विभिन्न समस्यामा पर्ने वेल्सस्थित नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाजले स्थानीय अन्य संघसंस्था र सामाजिक अभियन्ताहरुसंग परामर्श लिएको थियो ।

एनआरएनए यूकेका उपाध्यक्ष रामचन्द्र पोखरेलको पहलमा वेल्स राज्य समन्वय परिषदका अध्यक्ष कृष्ण भण्डारी, रिटायर्ड मेजरहरु गुप्तमान गुरुङ र खुशीमान गुरुङ एमभिओ , कुुम्रान गोर्खा कमुनीटीका अध्यक्ष खिम क्षेत्री, बद्री लिम्बू, सिनार्थी गोर्खा नेपाली समाजका अध्यक्ष टंक राई लगायतका समाजसेवीहरुको सहभागितामा छलफल गरिएको थियो ।

सोहि छलफलको सुझावअनुसार समाजले कोभिड सहयोग अभियान सञ्चालन गरेको थियो ।

आवश्यकतामा पर्नेहरुको सहयोगको लागि घरघरमै पुगेर सहयोग बाँड्ने कार्यमा समाजका अध्यक्ष घलेसंगै उपाध्यक्ष नीरलाल मोक्तान , सचिव अमरध्वज मल्ल , कोषाध्यक्ष विभुषणमान श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारी र स्वयमसेवकहरु खटिएका थिए ।

सम्पूर्ण सहयोगदाता, स्थानीय संघसंस्था र समाजसेवी तथा स्वयमसेवकहरुप्रति वेल्स नेपाली समाजले आभार प्रकट गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com