पोर्चुगलको एल्गार्व क्षेत्र कोरोनाको उच्च जोखिममा, २ दिनमै नयाँ रेकर्ड


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

पोर्चुगलको एल्गार्व क्षेत्र कोभिड–१९ अर्थात कोरोना भाइरसको उच्च जोखिममा रहेको एक तथ्याँकले देखाएको छ । यस क्षेत्रमा हालसम्म कुल ६३२ संक्रमित रहेको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको हो ।

महानिर्देशनालयका अनुसार बुधबारमात्रै एल्गार्व क्षेत्रमा धेरैको संख्यामा संक्रमितहरु फेला परेका छन् । यसैले पनि आगामी दुई दिनमा सो क्षेत्रमा थप संक्रमित बढ्ने अनुमान गरिएको छ ।

पोर्चुगलमा बुधबारसम्म कुल ४२ हजार ४५४ संक्रमितमध्ये २७ हजार ७९८ जना उपचारपछि घर फर्किएका छन् । सो दिन तीन संक्रमितको मृत्यु भएको महानिर्देशनलायले जनाएको छ । उसका अनुसार सो दिन ३१३ जना नयाँ संक्रमित थपिएका छन् ।

पोर्चुगलमा हालसम्म एक हजार ५७९ व्यक्तिको निधन भइसकेको छ । महानिर्देशनालयका अनुसार हालसम्म ११ लाख ९० हजार ३८४ जनाको स्वाव परीक्षण भएको छ । कोरोनाको संक्रमण बढेपछि सरकारले लिस्वन र आसपसका क्षेत्रलाई कोरोनाको उच्च जोखिममा राखेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com