युरोपेली सीमा १४ राष्ट्रका लागि खुला


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

युराेपेली सङ्घले १४ राष्ट्रका पर्यटकका लागि सीमा खुला गरेको छ । सूचीमा अमेरिकी पर्यटकले अझै कम्तिमा दुई साता पर्खिनुपर्ने सङ्घले जनाएको छ । अमेरिकामा कोरोना सङ्क्रमणको रफ्तार बढिरहँदा युराेपेली सङ्घले अमेरिकी नागरिकको युराेप भ्रमणमा लगाएको प्रतिबन्ध यथावत राखेको छ ।

विश्वका अन्य ठूला राष्ट्रहरू रुस, ब्राजिल र भारतीय नागरिकले पनि तात्काल युराेप भ्रमण गर्न पाउने छैनन् । कोरोनाभाइरस सङ्क्रमणले आर्थिक स्थिति नराम्ररी प्रभावित भएको ग्रीस, इटाली र स्पेनले भने अन्तर्राष्ट्रिय पर्यटन सञ्चालनका लागि दबाब दिदै आएको छ ।

वार्षिकरुपमा औसतमा एक करोड ५० लाखभन्दा बढी अमेरिकी नागरिक युराेपे भ्रमण गर्दै आएका छन् । करीब एक करोड युराेपेली नागरिक अमेरिका भ्रमण गर्ने गरेका छन् ।त्यसैगरी, युराेपेली सङ्घले चिनियाँ नागरिकको आगमन खुला हुनुभन्दा अघि चीनले युराेपेली नागरिकको आगमन खुला गर्नुपर्ने शर्त राखेको छ ।

सङ्घले प्रत्येक १४ दिनमा युराेप भ्रमण गर्न पाउने राष्ट्रको सूची अद्यावधिक गर्दै आएको छ । युराेपेली सङ्घ अन्तगर्तका २७ राष्ट्रसँगै थप गरिएको १४ राष्ट्रमा अल्जेरिया, अष्ट्रेलिया, क्यानाडा, जर्जिया, जापान, मोन्टेनेग्रो, मोरक्को, न्युजिल्याण्ड, रुवाण्डा, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र ऊरुग्वे रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com