भारतमा बेहुलालाई ६ लाख जरिवाना


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

भारतको राजस्थानमा वैवाहिक कार्यक्रम सम्पन्न गरेको परिवारले अप्रत्याशित रुपमा अतिरिक्त खर्च गर्नुपरेको छ । विवाहमा पाहुनाको रुपमा आएका १६ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएकोमा एक जनाको मृत्यु भयो ।

स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले सुरक्षा कानूनको उल्लङ्घन गरेको ठहर गर्दै बेहुलाको परिवारलाई छ लाख जरिवाना तिर्नुपरेको उल्लेख गरेको छ। कोरोना सङ्क्रमको बेला वैवाहिक कार्यक्रममा अधिकतम ५० जना पाहुना सहभागी हुन पाउने व्यवस्था गरिएको छ । तर उक्त उत्सवमा कम्तीमा एक हजार पाहुना सहभागी भएका थिए ।

बेहुलाको परिवारले सङ्क्रमित १५ जना र क्वारेन्टाइनमा रहेका ६० जनाको उपचार खर्च तिर्नुपर्नेछ । जसमा आइसोलेसन वार्ड र अन्य सेवामा लाग्ने खानासहित खर्चसमेत जोडिनेछ ।

यसअघि गत साता मात्रै भारतको बिहार राज्यमा एक विवाह उत्सवमा सहभागी एक सय जना पाहुनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । लक्षण देखिएको बेहुलीको भने विवाह भएको भोलिपल्टै मृत्यु भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com