अमेरिकामा जुनमा मात्रै १ लाख ७० हजारभन्दा बढीले रोजगारी गुमाए


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

अमेरिकामा जुन महिनामा थप १ लाख ७० हजारभन्दा बढी मानिसले रोजगारी गुमाएका छन् ।

कोरोना महामारीका कारण उत्पादन र सामग्रीको माग घट्नुका साथै कम्पनीहरु टाँट पल्टिँदा आर्थिक मन्दी सिर्जना भएपछि थप १ लाख ७० हजार २१९ जनाले जुनमा मात्र रोजगारी गुमाएको अमेरिकी अधिकारीहरुले बुधबार जनाएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्‍नका लागि मार्चको मध्यदेखि कम्पनीहरु बन्द गरिएका थिए । मेदेखि विश्वव्यापी आउटप्लेसमेन्ट फर्महरु च्यालन्जर, ग्रे र क्रिसमसहरुमा मेदेखि  ५७ प्रतिशतले गिरावट आएको थियो । जुन गत वर्षको जुन महिनाको भन्दा ३०६ प्रतिशतले कमी भएको जनाइएको छ ।

जुनको पहिलो सातासम्म ३ करोड ६ लाख मानिसहरुले बेरोजगार भएको दाबी गरेका थिए । कोरोना संक्रमण निरन्तर उकालो लागेदेखि नै मुलुकमा बेरोजगारीको संख्या पनि बढ्दै जाने बताइएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

रोजगारी गुमाउनेहरुमा बारहरु, रेस्टुरेन्टहरु, होटलहरु, मनोरञ्‍जनात्मक क्षेत्रहरुबाट बढी भएको बताइएको छ । त्यसैगरी खुद्रा तथा विभिन्‍न कम्पनीका क्याटरिङ, मार्केटिङ, लिनेन र प्रशासनिक सेवामा खटिनेहरुले रोजगारी गमाएका छन् ।

तर, सरकारी, स्वास्थ्यसेवा, प्रविधि, एयरोस्पेस र रक्षा क्षेत्रमा भने मानिसहरुको खोजी भइरहेको छ । जुनमा मात्र यी क्षेत्रहरुमा ७५ हजार ४५४ रोजगारका लागि आवेदन खुला गरिएको थियो ।

राेयटर्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com