भारतमा टिकटक र वीच्याट लगायत झण्डै ६० चाइनिज एपमा प्रतिबन्ध


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

यसैमहिनाको सुरुतिर चीन र भारतको सैन्य भीडन्तपछि ‘जस्तालाई त्यस्तै’ वदलाका साथ टिकटक र वीच्याट सहित झण्डै ६० चाइनिज एप्लीकेशनहरुलाई भारतमा प्रतिबन्ध लगाइएको छ । भारतीय सरकारले राष्ट्रिय सुरक्षा चासो देखाउँदै यी एपहरु भारतमा खुल्नमा प्रतिबन्ध लगाएको हो ।

लद्दाख भिडन्तमा २० भारतीय सैनिकको ज्यान गएको थियो । उक्त भीडन्तमा मारिने चाइनिज सेनाको संख्या भने गोप्य राखिएको थियो । चिनियाँ एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्‍याएको भन्दै प्रयोगमा रोक लगाइएको भारतको आइटी मन्त्रालयले जनाएको छ ।

भारतमा पब्जी, शेयरइट, बाइदु म्याप लगायतका एप्लीकेशनहरुमा पनि प्रतिबन्ध लगाइएको छ । टिकटकमा झण्डै २२ करोड भारतीय प्रयोगकर्ता रहेका छन् भने पब्जीका ५ करोड भारतीय प्रयोगकर्ता रहेका छन् । टिकटकका सम्पूर्ण प्रयोगकर्ताहरुमध्ये एकतिहाई भारतमा छन् ।

अमेरिकाको मासाचुसेट्समा रहेको साइबर सेक्युरिटी कम्पनीका प्रमुख कार्यकारीले चाइनिज एपबाट प्रयोगकर्ताका डाटाहरु चोरी भएको भारतीय आरोप निराधार नभएको बताएका छन् । सरकारले ती एपहरु नचलाएपनि ती कम्पनीहरुले बेलाबखतमा सरकारसँग डाटा शेयर गर्ने सहमति जनाएको हुनसक्ने उक्त साइबर सेक्युरिटी कम्पनीका प्रमुखको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com