पोर्चुगलमा ‘रेसिडेन्सी’ पाउने नेपालीको संख्या १६ हजार ८४९ पुग्यो


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

यूरोपियन मुलुक पोर्चुगलमा १६ हजार ८४९ जना नेपाली मुलका नागरिकले ‘रेसिडेन्सी’ अर्थात स्थायी बसोबासको लागि कानुनी प्रमाण पत्र पाइसकेका छन् । यो संख्या २०१९ सम्मको हो । राहदानी पाएका व्यक्ति र स्थायी प्रमाण पत्रका लागि आवदेन दिएकाहरु यसभित्र पर्दैनन् ।

पोर्चुगलको इमिग्रेसन हेर्ने निकाय सेफले एक तथ्यांक सार्वजनिक गर्दै पोर्चुगलमा २०१९ मा सबैभन्दा धेरै नागरिक भित्रिएको जनाएको छ । उसका अनुसार सन् २०१५ देखि सन् २०१९ सम्ममा २ लाख विदेशी नागरिक पोर्चुगल आएका थिए । प्रत्येक बर्ष रोजगारी, व्यापार र नागरिकता पाउने आशमा विदेशी नागरिक पोर्चुगल आइपुग्ने गर्दछन् ।

द पोर्चुगल न्यूज डटकममा जनाइएअनुसार पोर्चुगलमा सन् २०१८ को तुलनामा सन् २०१९ मा विदेशी नागरिकको संख्यामा बृद्धि भएको छ । तथ्यांकअनुसार सो अवधिमा २२ दशमलव ९ प्रतिशतले विदेशी नागरिकको आगमन बढेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com