आइतबार विहान चेस बैंकका कैयन ग्राहकका खाताबाट एकाएक रकम गायब


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

आज विहान चेस बैंकका ग्राहकका खाताबाट एकाएक रकम गायब भएपछि ग्राहकहरु जवाफ खोज्न सामाजिक सञ्जालहरुमा आए । तर ग्राहकका खाताबाट रकम गायब प्राविधिक समस्याका कारण भएको र अहिले उक्त समस्या समाधान भइसकेको चेस बैंकले जनाएको छ ।

बैंकले आज विहान ९ बजेसम्म उक्त समस्यमा समाधान गरिसकेको र अब ग्राहकका खातामा सही रकम नै देखिएको जनाएको छ । एप्लीकेशनमा समस्या आएपछि आइतबार विहानैदेखि केही ग्राहकले आफ्ना खाताबाट एकाएक रकम गायब भएको बताएका थिए । कतिपयको खातामा भने रकम थपिएको थियो ।

खाताबाट रकम गायब भएपछि कैयन ग्राहकहरु आत्तिएर बैंकमा सम्पर्क गर्न खोजेका थिए । तर बैंकले तत्काल कुनै जवाफ दिएको थिएन । तर अब भने समस्या समाधान भइसकेको भन्दै ग्राहकहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

न्युयोर्क प्रहरीले सम्भावित ठगीबारे चेतावनीहरु जारी गरेको थियो भने चेस बैंकले प्राविधिक समस्या भोगेको पनि प्रहरीले जनाएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com