अमेरिकाका दक्षिण र पश्चिम भेगका ५ राज्यमा कोरोना संक्रमणमा अहिलेसम्मकै उच्च रेकर्ड


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

अमेरिकाका दक्षिण र पश्चिम भेगका ५ राज्यमा कोरोना संक्रमणमा अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको छ । फ्लोरिडा, एरिजोना, नेभाडा, साउथ क्यारोलिना र जर्जियामा संक्रमणको उच्च रेकर्ड कायम भएको हो ।

फ्लोरिडामा शनिबार विहानमात्र ९ हजार ५ सय ८५ नयाँ संक्रमण पुष्टी भएको छ भने एरिजोनामा ३ हजार ५ सय ९१ नयाँ संक्रमण पुष्टी भएको छ । नेभाडामा शनिबार १ हजार ९९ सय नयाँ संक्रमण पुष्टी भएको छ भने साउथ क्यारोलिनामा १६ सय ४ नयाँ संक्रमण पुष्टी भएको छ । जर्जियामा १९९० नयाँ संक्रमण पुष्टी भएको हो । टेक्सासमा पनि संक्रमण दर ह्वात्तै बढेको छ ।

यसैबीच अमेरिकी उपराष्ट्रपति माइक पेन्सले फ्लोरिडा र एरिजोनामा हुने चुनावी अभियानको कार्यक्रम स्थगित गरेका छन् । अमेरिकाका केही राज्यमा कोरोना संक्रमण दर उच्च भइरहँदा सुरुमा संक्रमण फैलिएका न्युयोर्क लगायतका राज्यमा भने संक्रमण दर निकै कम देखिएको छ ।

अमेरिकामा शनिबार एकैदिनमा ४५ हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको हो । अमेरिकाभर संक्रमितको संख्या अब २५ लाख नाघेको छ भने मृतकको संख्या १ लाख २८ हजार नाघेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com