वासिंटन डिसीलाई अमेरिकाको ५१ औं राज्य बनाउने र नाम फेर्ने प्रस्ताव प्रतिनिधिसभाबाट पारित


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

वासिंटन डिसीलाई अमेरिकाको ५१ औं राज्य बनाउने बिल अमेरिकाको तल्लो सदन प्रतिनिधिसभाबाट पारित भएको छ । डेमोक्र्याट्सहरुले पारित गरेको यो बिलमा रिपब्लिकनहरुको असहमति भएकाले सिनेटबाट पारित हुने सम्भावना भने निकै कम रहेको छ ।

प्रतिनिधिसभामा २३२ जनाले बिलका पक्षमा र १८० जनाले विपक्षमा मतदान गरेका छन् । विलमा वासिंटन डिसीको नाम परिवर्तन गरेर स्टेट अफ वासिंटन, डगलस कमनवेल्थ बनाउने प्रस्ताव गरिएको छ ।

वासिंटन डिसीको जनसंख्या झण्डै ७ लाख रहेको र भर्मोन्ट वा वायोमिंगको भन्दा पनि धेरै रहेको भन्दै छुट्टै राज्य बनाउने तर्क गरिएको हो । वासिंटन डिसीले २२ वटा राज्यले भन्दा धेरै कर तिर्ने गरेको जनाइएको छ ।

अमेरिकाको राजधानी वासिंटन डिसीलाई ५१ औं राज्य बनाउने प्रस्तावको राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आलोचना गरेका छन् । डेमोक्रेटिक बाहुल्य रहेको वासिंटन डिसीलाई ५१ औं राज्य बनाएर तीब्र प्रतिस्पर्धा रहेको सिनेटमा २ सिट डेमोक्र्याट्सलाई दिने पक्षमा रिपब्लिकनहरु देखिन्नन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले वासिंटन डिसी कहिलेपनि राज्य नहुने बताएका थिए । अरु दुईजना डेमोक्रेटिक सिनेटर र ५ जना डेमोक्रेटिक प्रतिनिधिसभा सदस्य बढाउन डिसीलाई अर्को राज्य बनाउन दिन नहुने ट्रम्पले बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com