दोश्रो चरणमा राहत चेक पठाउनेबारे ट्रम्पले गरे मार्गप्रसस्त, निकै उदार प्याकेज ल्याउने दावी


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोश्रो चरणको राहत चेकबारे आफूहरु सकारात्मक रहेको प्रतिकृया दिएका छन् । के तपाई अमेरिकनहरुलाई दोश्रो चरणको राहत चेक पठाउँदै हुनुहुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने हो, हामी गर्दैछौं । हामी अर्को राहत प्याकेज गर्दैछौं । यो असाध्यै राम्रो र उदार खालको हुनेछ ।

कति रकम पठाइनेछ भन्ने प्रश्नको जवाफमा उनले यसबारे आफूहरुले छिट्टै निर्धारण गर्ने बताएका छन् । ह्वाइट हाउसका अधिकारीहरुले दोश्रो चरणको राहत चेकबारे कुनै निर्णय नभएको बताएका छन् । ट्रम्पले पनि दोश्रो चरणको राहत पहिलो चरणको जस्तै बैंकमा डाइरेक्ट डिपोजिट हुने नहुने केही बताएका छैनन् ।

ट्रम्पले अर्को राहत प्याकेजका लागि दुईदलीय सहमतिको बिल आउन लागेको संकेत भने गरेका छन् । उक्त बिलमा राहत चेक समावेश गरिन्छ वा अन्य प्रकारको राहत उपलब्ध गराइनेछ भन्नेबारे पनि केही स्पष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत महिना डेमोक्र्याट्सहरुले ३ ट्रिलियन डलरको हिरोज एक्ट हाउसबाट पारित गरेका छन् । तर यो दुईदलीय बिल नभएका कारण सिनेटबाट पारित हुने सम्भावना निकै कम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com