क्यालिफोर्नियादेखि टेक्साससम्मको तापक्रम १ सय डिग्रीसम्म पुग्ने, डेथ भ्यालीको १२२ डिग्री


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

आगामी केही दिनमा अमेरिकाको क्यालिफोर्नियादेखि टेक्साससम्मको १ सय डिग्री फरेनहाइटसम्म पुग्ने भएको छ । अमेरिकाको वेष्ट कोस्टको तापक्रम बढेपछि त्यसक्षेत्रमा विद्युतको माग समेत बढ्ने अनुमान गरिएको छ ।

ओरेगनदेखि क्यालिफोर्नियाको सेन्ट्रल भ्याली इस्टसम्म १ सय डिग्री फरेनहाइट तथा ३८ डिग्री सेल्सियससम्म पुग्ने भन्दै चेतावनीहरु जारी गरिएको छ । नेशनल वेदर सर्भिसका अनुशार डेथ भ्यालीको तापक्रम १२२ डिग्री फरेनहाइटसम्म पुग्नेछ ।

न्युयोर्कमापनि आज तापक्रम ९० डिग्रीसम्म पुग्नेछ भने योसाताभर हरेक दिन ९० डिग्रीको आसपासमा तापक्रम पुग्नेछ । तापक्रम बढ्दै गर्दा न्युयोर्कमा पनि विद्युतको माग बढ्ने अनुमान गरिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com