भारतीय सेना भिड्न खोजे, सीमा क्षेत्रको चित्र नै बदलिने छ : चीन


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

गल्भान उपत्यकामा भएको संघर्षपछि भारत–चीनबीच तनाब बढेको छ । भारतले चीनसँगको वास्तविक सीमा रेखा एलएसीमा आफ्नो सैनिकलाई स्वविवेकको प्रयोग गरेर हतियार प्रयोग गर्न सक्ने अनुमति दिएपछि चीनले त्यसको जवाफ कडा रुपमा दिएको हो ।

चीनले हतियार नभएका चिनियाँ सेनाले केहीदिन अघि भारतीय सेनालाई पराजित गरेको स्मरण गर्नपनि स्मरण गर्न भनेको छ । यदि हतियार भएका चिनियाँ सेनासमक्ष भारतीय सेनाले भिड्न खोजेमा सीमा क्षेत्रको चित्र नै बदलिने चेतावनी दिएको छ ।

भारतीय राष्ट्रवादलाई हामीले भन्नैपर्छ कि निःसशस्त्र संघर्षमा चिनियाँ सेनालाई हराउन सकेनन् भने अब बन्दुक वा अन्य हतियारले हराउने भन्ने कुरै हुँदैन । चीनको सैन्य शक्ति भारतको भन्दा धेरै उन्नत र बलियो छ । सन् १९६२ मा उस्तै सैन्य शक्ति भएको समयमा त चिनियाँ सेनाले भारतीय सेनालाई सजिलै पराजित गरेको थियो । अहिले चीन आर्थिक र सैन्य सबै हिसाबले भारतभन्दा धेरै माथि छ ।

ग्लोबल टाइम्सले भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका चीनविरुद्धका गतिविधिको पनि अध्ययन गरिरहेको जनाएको छ । ग्लोबल टाइम्स लेख्छ यदि भारतले चीनसँग युद्ध गर्नु भनेको अण्डाले ढुंगालाई प्रहार गरेजस्तै हो । चीन भारतसँगको युद्ध गर्न चाहँदैन, तर हामीसँग भारतीय सेनाका हरेक उत्तेजनाको जवाफ दिने पर्याप्त क्षमता छ । सीमा विवादलाई वार्ताकै माध्यमबाट समाधान गर्नु भारतका लागि हितकर हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com