बलिउड अभिनेत्री सोनाक्षीले यसकारण बन्द गरिन् ट्वीटर एकाउन्ट


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

बलिउड अभिनेता सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी छन् । उनले नकारात्मकताबाट टाढा रहन र आफ्नो मानसिक स्वास्थ्यलाई जोगाएर राख्न भन्दै ट्वीटरको एकाउन्ट बन्द गरेको जनाएकी छन् ।

सोनाक्षीले यो जानकारी आफ्नो इन्स्टाग्राम खाता मार्फत गरेकी हुन् । उनले आफ्नो ट्वीटर पोस्टको स्क्रिनशट उनको इन्स्टाग्राम पोस्ट गर्दै लेखेकी छन्, ‘मेरो मानसिक स्वास्थ्यलाई जोगाउन र नकारात्मकताबाट टाढा रहनको लागि पहिलो कदम चाल्दै, मैले मेरो ट्विटर एकाउण्ट डिएक्टिभेट गरेको छु । ’

यसका साथ उनले आफ्नो इन्स्टाग्राम खाताको कमेन्ट सेक्सन डिसेबल गरेकी छन् । उनले यो पनि लेखेकी छन ‘आगो लाग्यो बस्तीमा, म आफ्नै मस्तीमा अलविदा ट्वीटर । ’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com