न्युयोर्क सिटीमा १२ घण्टाभित्र भएका गोलीकाण्डमा एकको मृत्यु, १७ घाइते


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

न्युयोर्क सिटीभित्र १२ घण्टाको अवधिमा भएका विभिन्न गोलीकाण्डमा एकजनाको मृत्यु भएको छ भने कम्तीमा १७ जना घाइते भएका छन् । शुक्रबार राती ९ बजेदेखि शनिबार विहानसम्मका गोलीकाण्ड स्टेटन आइल्याण्डबाहेक अरु सबै बोरोमा भएका थिए ।

राती ९ बजे ब्रोंक्समा भएको गोलीकाण्डमा झ्यालबाट छिरेको गोली घरभित्रको फ्रिजमा लागेको थियो । तर घरभित्र भएका व्यक्ति भने बचेका थिए ।

त्यसको दुईघण्टापछि बु्रकलिनमा भएको गोलीकाण्डमा एकजना घाइते भएका थिए । फायरवर्क हेरिरहेको बेलामा उनीमाथि गोली हानिएको थियो ।

त्यसपछि न्युयोर्कका विभिन्न स्थानमा भएका गोलीकाण्डमा १८ बर्षदेखिका व्यक्ति घाइते भएका छन् । न्युयोर्क पनि शिकागो बन्न लागेको भन्दै प्रहरी विभागभित्र चिन्ता व्यक्त गरिएको जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com