दुर्लभ ‘अग्नी औंठी’ सूर्य ग्रहण आइतबार, अमेरिकाबाट नदेखिने, एसियाबाट देखिने


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

सूर्य चन्द्रमा र पृथ्वीको पंक्तिले आइतबार आकाशमा अग्नी औंठीको दृश्य निर्माण गर्दैछ । अर्थात् आइतबार यो बर्षको सबैभन्दा लामो दिन मध्य समरमा दुर्लभ सूर्यग्रहणको दृश्य देखिने भएको छ ।

जुन २१ को सूर्यग्रहण एसिया र अफ्रिकाका विभिन्न भागहरुबाट हेर्न सकिनेछ । तर अमेरिकाबाट भने हेर्न सकिनेछैन । तर केही मिडियाहरुले प्रत्यक्ष प्रशारण गर्ने भएकाले अमेरिकामा बस्नेहरुले त्यसमार्फत भने हेर्न सक्नेछन् ।

जब चन्द्रमा पृथ्वीको कक्षमा सबैभन्दा टाढाको अवस्थामा रहन्छ, तब यस्तो प्रकारको सूर्यग्रहण देखिन्छ । सूर्यको अगाडि पट्टी पर्दा र सूर्यलाई पूर्णरुपमा छेक्न नसक्दा अग्नी औंठी जस्तो दुर्लभ दृश्य देखापर्छ ।

न्युयोर्कमा लाइभ स्ट्रीम हेर्न चाहनेहरुले आज रातीमध्यरात हुनुभन्दा १५ मिनेट अगाडिदेखि हेर्नसक्नेछन् । जुन २१ को विहान २ बजेर ४० मिनेटजाँदा मध्य हुनेछ भने विहान ५ बजेर ३४ मिनेटजाँदा समाप्त हुनेछ ।

मध्य समरको सबैभन्दा लामो दिनमा यो प्रकारको सूर्यग्रहण सन् १९८२ पछि पहिलोपटक देखिन लागेको हो भने अर्को सूर्यग्रहण सन् २०३९ को जुन २१ भन्दा अगाडि देखिनेछैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com