जोन्सन एण्ड जोन्सनले छालामा गोरोपन ल्याउने क्रिमको उत्पादन बन्द गर्ने


प्रकाशित मिति : असार ६, २०७७ शनिबार

हेल्थकेयर सामाग्रीहरु उत्पादन गर्दै आएको कम्पनी जोन्सन एण्ड जोन्सनले छालामा गोरोपन ल्याउने क्रिम उत्पादन रोक्ने भएको छ । विश्वब्यापी रुपमा रंगभेदको बहस भइरहँदा कम्पनीले मध्यपूर्व र एसियामा निकै लोकप्रिय रहेको यो उत्पादन रोक्ने भएको हो ।

खासगरी छालामा गोरोपन ल्याउने जोन्सन एण्ड जोन्सनको क्लीन एण्ड क्लीयर फेयरनेस लाइन क्रिम भारतमा सबैभन्दा धेरै बेचिदै आएको छ । त्यस्तै नेपालमा समेत यो क्रिम प्रयोग गरिदै आएको छ ।

जोन्सन एण्ड जोन्सनले भनेको छ – ‘केही उत्पादनका नाम र धब्बाहरु हटाउने उत्पादनमा आफ्नो प्राकृतिक छालाको रंगको तुलनामा गोरोपन राम्रो हुने दावी गरिएको भन्दै बहसहरु भइरहेका छन् । हाम्रो त्यस्तो आशय कहिले पनि थिएन । स्वस्थ्य छाला नै राम्रो छाला हो ।’

कम्पनीले ती उत्पादनहरु बन्द गर्ने र निर्यात नगर्ने बताएको छ । तर बजारमा पहिले नै रहेको उत्पादन भने नसकिंदासम्म किन्न सकिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनिलिभर, प्रोक्टेर एण्ड ग्याम्बल र लोरियल लगायतका कैयन कम्पनीहरुले छालामा गोरोपन ल्याउने दावीसहित उत्पादनहरु बेच्दै आएका छन् । उनीहरुले फेयर एण्ड लभ्ली, ओले र गानियर क्रिम बेच्दै आएका छन् । उनीहरुले भने ती उत्पादनबारे केही बताएका छैनन् ।

गतबर्षमात्र विश्वमा ६ हजार २ सय ७७ टन गोरोपन ल्याउने क्रिमहरु बिक्रि भएका थिए । जसमा बुढोपन नदेखिने, काला धब्बाहरु हटाउने लगायतका क्रिमहरु समेत रहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com