चीनको नियन्त्रणमा रहेका भारतीय कर्णेलसहितका १० सैनिक रिहा


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

चीन-भारत सीमा लद्दाखको उपत्यकामा सोबार राति दुवै देशका सैनिकबीच झडप भयो । झडपका क्रममा भारतका २० सैनिकको ज्यान गएको छ । त्यस्तै ७६ सैनिकहरु घाइते भएका छन् ।

झडपकै बेला चिनियाँ सैनिकहरुले १० भारतीय सैनिकहरुलाई आफ्नो नियन्त्रणमा लिएका थिए । जसमा एक कर्णेलसमेत रहेको चिनियाँ पक्षले जनाएको थियो । तर उनीहरुलाई ४ दिनपछि चिनियाँ सेनाले नियन्त्रण मुक्त गरेको भारतीय संचार माध्यमहरूले जनाएका छन् । झडपका बेला आफ्ना नियन्त्रणमा रहेका सबैजनालाई बिहीबार राति छाडिदिएको हो ।

झडपमा चिनियाँ पक्षमा पनि क्षति पुगेको भारतीय पक्षको दावी छ । तर चीनले त्यसको क्षतिबारे खुलाएको छैन् । केही महिना अघिबाट लद्दाखमा सीमा विवादका कारण दुई मुलुकका सैनिकहरुबीच झडप हुँदै आएको छ । यो झडपका सम्बन्धमा दुवै मुलुकले एक अर्कालाई दोसारोप लगाउदै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com