मास्क नलगाउनेहरुलाई अमेरिकामा विमान चढ्न प्रतिबन्ध


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

अमेरिकाका तीन एयरलाइन्सहरु युनाइटेड, अमेरिकन र डेल्टाले मास्कको प्रयोग नगर्ने यात्रुहरुलाई विमान चढ्न प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । विमानमा मास्क अनिवार्य नगरिएकोबारे गुनासाहरु आएपछि ती एयरलाइन्सहरुले मास्क अनिवार्य गरेका हुन् ।

मे ११ देखि अमेरिकामा मुख्य एयरलाइन्सहरुले यात्रु र कर्मचारीहरुलाई विमानमा यात्रा गर्दा मास्क लगाउन वा अनुहार छोप्न आग्रह गर्दै आफ्नो नीतिमा परिवर्तन गरेका थिए । बालबालिकाहरु र स्वास्थ्य समस्या भएकाहरुमा भने मास्क अनिवार्य गरिएको थिएन । तर सबैले यो नियम पालना नगरेपनि एयरलाइन्सहरुले यात्रामै प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् ।

डाक्टर माइकल एन्डरसनले जुन ६ मा युनाइटेड एयरलाइन्सबाट डेनभर जाने क्रममा कम्तीमा तीनजनाले मास्क नलगाएको देखेको बताएका छन् । त्यस्तै अर्का एकजना यात्रुले पनि अमेरिकन एयरलाइन्समा मायामीबाट टेक्सास आउने क्रममा उनको अगाडि बसेका दुईजनाले मास्क नलगाएको देखेकी थिइन् ।

युनाइटेड एयरलाइन्सले आफ्ना कर्मचारीलाई जारी गरेको एउटा सर्कुलरमा यदि कोही यात्रुले मास्क नलगाएको पाइएमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सचेत गराउनुपर्ने उल्लेख छ । यदि यात्रुलाई मास्कको आवश्यकता भएमा मास्क समेत प्रदान गर्न भनिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि यात्रुले सचेत गराउँदा पनि नमानेको खण्डमा मास्कसम्बन्धि नीति स्मरण गराउने कार्ड प्रदान गर्न र त्यती गर्दा पनि नमानेमा कर्मचारीले त्यस्ता यात्रुबिरुद्ध रिपोर्ट फाइल गर्न आन्तरिक निर्देशन जारी गरिएको छ । त्यसपछि उक्त घटनाको औपचारिक अनुसन्धान गरेर त्यस्ता यात्रुलाई भविश्यमा उक्त एयरलाइन्सको विमान चढ्न प्रतिबन्ध समेत लगाइन सक्नेछ ।

अमेरिकन एयरलाइन्सले गेटमा नै मास्क अनिवार्य गरिएको र मास्क नलगाउनेहरुलाई भित्र पस्न नदिइने गरेको जनाएको छ । मास्क लगाउन नमान्नेलाई भविश्यमा विमान चढ्न नै प्रतिबन्ध लाग्नसक्ने उक्त एयरलाइन्सले जनाएको छ । त्यस्ता डेल्टा एयरलाइन्सले पनि मास्क नीति लागु नगर्ने यात्रुलाई भविश्यमा आफ्नो एयरलाइन्समा नचढाउने चेतावनी दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com