अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट कार्यकारी आदेश जारी


प्रकाशित मिति : असार २, २०७७ मंगलबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रहरीहरुले पालना गर्नुपर्ने नयाँ मापदण्डसहित कार्यकारी आदेश जारी गरेका छन् । अश्वेत अमेरिकन जर्ज फ्लोयडको प्रहरी हिराशतमा मृत्यु भएको घटनापछि चर्को दवाव बढेपछि ट्रम्पले कार्यकारी आदेश जारी गरेका हुन् ।

कार्यकारी आदेशले दुब्र्यवहारबारे राष्ट्रिय डाटावेशको समेत निर्माण गर्नेछ । जसका कारण डिपार्टमेन्टहरुले नयाँ अफिसरलाई जागिर दिंदा राष्ट्रिय डाटाबेशमा चेक गरेर पृष्ठभूमि परीक्षण गर्न सक्नेछन् । तर कार्यकारी आदेशले प्रणालीगत विभेदलाई सम्बोधन गर्न सकेको छैन ।

शक्तिको प्रयोगमा मापदण्डहरुको पालना गर्ने प्रहरी विभागहरुलाई संघीय राहत दिनका लागि प्राथमिकता दिइने ट्रम्प प्रशासनको नीति तय गरिएको छ । तर सबै प्रहरी विभागहरुलाई मापदण्डको पालना गर्न बाध्यकारी अवस्था भने श्रृजना गरिएको छैन ।

धेरैले विरोध गर्दै आएजस्तो पक्राउका क्रममा घाँटी थिच्न प्रतिबन्ध लगाइएको छैन । तर जीवन नै खतरामा रहेको अवस्थामा मात्र प्रहरीका युक्तिहरु लागु गर्न भनिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com