ट्रम्पले खाएको भनिएको औषधी अमेरिकामा कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न रोक


प्रकाशित मिति : असार १, २०७७ सोमबार

अन्तत: खाद्य तथा औषधी प्रशासन एफडीएले कोभिड १९ का बिरामीको उपचारका लागि मलेरियाको औषधी हाइड्रोक्सीक्लोरोक्वीनको आपतकालिन प्रयोगमा रोक लगाएको छ । यो औषधीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार प्रचार गरेका थिए भने आफूले समेत यो औषधीको प्रयोग गरेको बताएका थिए ।

यो औषधी कोरोनाबिरुद्ध आपतकालिन प्रयोगका लागि मापदण्ड पूरा नगरेको एफडीएले ठहर गरेको छ । नयाँ सुचना र अन्य सुचनाको आधारमा यो औषधी कोरोना संक्रमितको उपचारमा प्रयोग उपयुक्त नभएको निष्कर्ष निकालेको एफडीएले जनाएको छ ।

यो औषधीको प्रयोगबाट कोरोना संक्रमितमा अन्य कैयन साइड इफेक्टहरु देखिएको जनाइएको छ । साथै औषधीको प्रयोगबाट मुटुको गति अनियमित हुने लगायतका समस्याहरु देखिने गरेको जनाइएको छ ।

यसअगाडि यो औषधीको प्रयोगको आपतकालिन प्रयोगको स्वीकृति प्रदान गरिएको थियो । तर आजैका मितिदेखि अमेरिकामा कोरोनाका सक्रमितको उपचारमा यो औषधीको आपतकालिन प्रयोगको स्वीकृति खारेज गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै एफडीएले रेम्डेसिभिर नामको औषधी प्रयोग गरिरहेका बिरामीलाई हाइड्रोक्सीक्लोरोक्वीन नदिन समेत चेतावनी दिएको छ । रेम्डेसिभिर नामको औषधी कोरोना संक्रमित बिरामीको छिटो उपचार गर्नमा लाभदायी प्रमाणित भएको छ । तर दुईवटा औषधीको मिसावट गर्दा प्रभावकारिता घट्ने एफडीएले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com