मंगलबार कार्यकारी आदेश जारी गर्दै राष्ट्रपति ट्रम्प


प्रकाशित मिति : असार १, २०७७ सोमबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार प्रहरीको दुब्र्यबहारलाई सम्बोधन गर्दै एक कार्यकारी आदेश जारी गर्ने भएका छन् । शक्ति प्रयोगको उपयुक्त अभ्यासबारे र खराब प्रहरी अधिकारीलाई ट्रयाक गर्ने कार्यक्रमबारे कार्यकारी आदेश जारी गर्न लागिएको हो ।

प्रहरीको शक्ति प्रयोग र विभेदबिरुद्ध लगातार प्रदर्शनहरुपछि राष्ट्रपति ट्रम्पलाई यसबारे कदम चाल्न दवाव श्रृजना भएको छ । आफूले राम्रो समाधानका लागि कदम चाल्न लागेको राष्ट्रपति ट्रम्पले बताएका छन् ।

आफ्नो लक्ष्य केबल कानुनी व्यवस्था कायम गर्नु रहेको बताउँदै ट्रम्पले न्याय र सुरक्षाका पक्षमा कदम चाल्ने बताएका छन् । सर्वसाधारण र प्रहरी अधिकारीको सुरक्षामा सन्तुलन कायम गर्नका लागि अर्थपूर्ण र दीर्घकालिन सुधारको खाँचो रहेको अवस्थमा ट्रम्पको आदेश आउन लागेको हो ।

आधुनिक शक्तिको प्रयोग गर्नका लागि कार्यकारी आदेशले प्रहरीलाई आव्हान गर्नेछ । प्रहरी विभागहरुलाई पनि खराब प्रहरी अधिकारीका बारेमा ट्रयाक गर्न र सरुवा हुँदा त्यसबारे अर्को विभागलाई पनि जानकारी दिन समेत प्रोत्साहन गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले प्रहरी विभागलाई दिदै आएको बजेट रोक्का नगर्ने बताएका छन् । प्रहरीहरु राम्रोसँग तालिमप्राप्त रहेको सुनिश्चित गर्न आफूहरुले फरक बाटो अपनाउने ट्रम्पको भनाई छ ।

संसदमा डेमोक्र्याट्सहरुले प्रहरीबाट हुने घाँटी थिचाईमा प्रतिबन्ध लगाउन र अरु कैयन नीतिमा परिवर्तनका लागि बिल प्रस्ताव गरेका छन् । रिपब्लिकन सांसदहरुको यसबारे छुट्टै प्याकेज रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com