न्युयोर्क लगायत अमेरिकाका कैयन क्षेत्रमा फोन सेवा अबरुद्ध
प्रकाशित मिति : असार १, २०७७ सोमबार
अमेरिकामा टी मोबाइल फोन सेवा अबरुद्ध भएको छ । फोन सेवा सोमबार दिउसोदेखि अबरुद्ध भएको हो ।
कतिपय ग्राहकहरुले फोन गर्न पाएका छैनन् भने कतिपयको टेक्स्ट मेसेजमा समेत समस्या रहेको छ । टी मोबाइलका ग्राहकहरु सबैभन्दा बढी प्रभावित भएको र एकलाख भन्दा धेरैले फोनमा समस्या आएको रिपोर्ट गरेका छन् ।
Our engineers are working to resolve a voice and data issue that has been affecting customers around the country. We’re sorry for the inconvenience and hope to have this fixed shortly.
— Neville (@NevilleRay) June 15, 2020
न्युयोर्क, लस एन्जलस, ह्युस्टन, शिकागो लगायतका कैयन स्थानमा समस्या आएको जनाइएको छ । आफ्ना प्राविधिकहरुले समस्या समाधानका लागि काम गरिरहेको र छिट्टै समाधान हुने अपेक्षा गरिएको टी मोबाइलले जनाएको छ ।
फोनमा समस्या आउनुको कारणबारे केही बताइएको छैन । गत अप्रिलमा मात्र टी मोबाइल र स्प्रीन्ट मर्ज भएका थिए । जसको मूल्य २६ बिलियन कायम गरिएको थियो । अमेरिकामा भेराइजन र एटीएनटीपछि टी मोबाइल तेश्रो ठूलो नेटवर्क हो ।
भेराइजन र एटीएनटीले भने आफ्नो सेवा सुचारु नै रहेको बताएका छन् ।
Our network is operating normally, but it’s possible some customers are unable to reach people on other carriers’ networks. https://t.co/qPmjZnqEFA
— AT&T News (@ATTNEWS) June 15, 2020






