देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसी र ऐतिहासिक तर राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याइयोस् : राजेन्द्र महतो


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले आजको दिन नेपालको लागि ऐतिहासिक दिन रहेको बताउनुभएको छ । राष्ट्रघाती र राष्ट्रवादी पहिचान गरी राष्ट्रघातीलाई टुँडिखेलमा झुण्ड्याउनुपर्ने पनि महतोको भनाइ छ ।

उहाँले देशको भूमि संविधानमा लेखाउने कुरा अति नै खुसीको कुरा रहेको र यो देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा एकजुट हुने दिन रहेको पनि बताउनुभयो । जसपाका नेता महतोले सबै नेपाली जनता आफ्नो देश र भूमिप्रति सजग र संवेदनशील रहेको र यो कुरा संसदमा कामबाट देखिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रियताको सवालमा देश एकजुट हुने भए पनि आफूहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकोमा भने आपत्ति जनाउनुभयो ।

नेपालको भूमि समेटेर नयाँ नक्सा संविधानमै राख्नको लागि प्रस्ताव आएको र आफ्नो दलले सहमति दिइसकेको उहाँले बताउनुभयो ।
संविधानका धेरै कुरामा आफूहरुको गम्भीर असहमति रहेको तर राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको मामिलामा आफूहरु दायाँबायाँ नहुने महतोको भनाइ छ ।

नेता महतोले नक्सामात्रै बनाउनेभन्दा पनि भूमि फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव समेत दिनुभयो । उहाँले संविधानमा कैयौँ असन्तुष्टि हुँदा हुँदै पनि राष्ट्रियता र भूमिको सवाल उठेकोले सबै असन्तुष्टिलाई थाती राखेर जसपाले सर्वसम्मतीले समर्थन गरेको बताउनुभयो । नेता महतोले महाकाली सन्धि गर्नु गम्भीर गल्ती भएको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महाकाली सन्धिले नै महाकाली नदीको स्रोत छुट्याएको भन्दै नेता महतोले महाकाली सम्झौता राष्ट्रघाती सम्झौता भएको बताउनुभयो । सन्धी गर्नेहरुलाई कारबाही गर्न नेता महतोले माग गर्नुभयो । मधेशी समुदायलाई राष्ट्रघाती भनेर जहिल्यै हेप्ने गरेकोमा उहाँले गुनासो गर्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com