पोलियो थोपाले कोरोना संक्रमणबाट जोगाउनसक्ने अमेरिकी विज्ञहरुको दावी


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

विश्वमा कोरोनाबिरुद्धका खोप उत्पादनका लागि तीब्र गतिमा काम भइरहँदा केही बरिष्ठ विज्ञहरुले पोलियोबिरुद्धको खोपले कोरोना संक्रमणबाट जोगाउनसक्ने बताएका छन् । ५ जनाको बरिष्ठ विज्ञहरुको टिमले साइन्स म्यागाजिनमा प्रकाशित गरेको रिपोर्ट अनुशार पोलियोबिरुद्धको खोपले कोराना संक्रमणबाट जोगाउनसक्ने कैयन प्रमाणहरु रहेका छन् ।

साइन्स म्यागाजिनमा प्रकाशित रिपोर्ट यहाँ पढ्नुहोला ।

मुखबाट दिइने पोलियो थोपा सुरक्षित, सस्तो र ब्यापक रुपमा उपलब्ध रहेको छ । एक बिलियन भन्दा धेरै डोजहरु उत्पादन भइसकेको पोलियो थोपा बार्षिक रुपमा १४० भन्दा धेरै देशहरुमा प्रयोग गरिदै आएको छ । उक्त खोपले विश्वब्यापी रुपमा पोलियो लगभग उन्मुलन गरिसकेको छ ।

मुखबाट दिइने पोलियो थोपाले कमजोर प्रकारको पोलियो भाइरसको प्रयोग गर्छ । उक्त जीवित खोपले लामोसमय चल्ने इम्युन प्रतिकृया पैदा गर्छ । विज्ञहरुले पोलियोबिरुद्धको खोप कोरोनाभाइरसबिरुद्ध प्रयोग गरेर हेर्न सुझाव समेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफडीएका कोन्स्टान्टिन चुमाकोभ र युनिभर्सिटी अफ मेरिल्याण्ड स्कुल अफ मेडिसिनको ह्युमन भाइरोलोजी इन्स्टीच्युटका डाक्टर रोबर्ट गालोले अन्य साथीहरुसँग मिलेर उक्त रिपोर्ट लेखेका हुन् । गालो एड्सको कारक भाइरस एचआईभी पत्ता लगाउने व्यक्ति हुन् भने चुमाकोभ एफडीएमा भ्याक्सिन डिभिजनमा शोभसम्बन्धि एसोसिएट डाइरेक्टर हुन् ।

उनीहरुले कोरोनाबिरुद्ध पोलियो खोप ओपीभीको प्रयोग गर्न प्रस्ताव गरेका छन् । कोरोनाभाइरस र पोलियो भाइरस एउटै प्रकृतिका भाइरस रहेको तथा उनीहरु एउटै प्रकारको इम्युनिटी मेकानिज्मबाट परास्त हुनसक्ने उनीहरुले बताएका छन् । उनीहरुले मुखबाट दिइने पोलियो थोपाले अस्थायी रुपमा भएपनि कोरोनाको संक्रमणबाट जोगाउन सक्ने बताएका छन् ।

मुखबाट दिइने पोलियो खोप अमेरिकामा उपलब्ध हुन छाडिसकेको छ । तर यो अहिले पनि विश्वका विभिन्न देशहरुमा प्रयोग गरिदै आएको छ ।

विश्वभरिबाट टाइप टु नामक पोलियो भाइरस उन्मूलन भएको तीन वर्षअघि घोषणा गरिएको थियो भने विश्व स्वास्थ्य सङ्गठनका अनुसार टाइप थ्री नामक भाइरसको उन्मूलन गतबर्ष भएको घोषणा गरिएको थियो ।

तर टाइप वान नामक भाइरस चाहिँ अफगानिस्तान र पाकिस्तानमा अझै देखिएको जनाइएको छ । नेपाललाई भने झण्डै ६ बर्ष अगाडि नै पोलियोमुक्त देश घोषणा गरिएको थियो । नेपाल सरकारले प्रत्येक वर्ष छ लाख बालबालिकालाई पोलियोको खोप खुवाउने गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com