आप्रवासी शरणार्थी बोकेर इटालीतर्फ गइरहेको एउटा डुङ्गा ट्यूनिसियामा दुर्घटना हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको ट्युनिसियाको रक्षा मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
मृत्यु हुनेमा अधिकांश महिलाहरू रहेका बताइएको छ । दुर्घटना गत मङ्गलबार भएको थियो । ट्युनिसियाको बन्दर्गाह शहर स्फाकमा भएको दुर्घटनाबारे स्थानीय माझीहरूले सुरक्षाकर्मीलाई जानकारी गराएका थिए ।
बिहीबारको खोजीमा थप १३ जनाको मृतशरीरलाई सामुद्रिक तट क्षेत्रबाट उद्धार गरिएको हो । डुङ्गामा यात्रारत हराइरहेका अन्य यात्रुहरूको खोजीकार्य भइरहेको छ ।एजेन्सी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।