हार्वर्ड युनिभर्सिटीको दाबीलाई चीनले भन्यो – हास्यास्पद
प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार
हार्वर्ड युनिभर्सिटीले चीनमा कोरोना संक्रमण अघिल्लो वर्ष अगस्ट देखि नै सुरु भएको प्रमाण भेटिएको बताएको थियो । हार्वर्ड युनिभर्सिटीको यो दाबीलाई चीनले खारेज गरिदिएको छ ।
हार्वर्ड मेडिकल स्कूले अस्पतालमा आइरहेका बिरामीको संख्या र सर्च इन्जिनको डाटाको आधारमा यस्तो दाबी गरेको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनले यो अनुसन्धानलाई हास्यास्पद बताएको छ ।
उक्त अनुसन्धानले संक्रमण कहिलेदेखि सुरु भएको हो भनेर केही जानकारी नदिइएको वैज्ञानिकले भनेका छन् । यो अनुसन्धानमा चीनको ऊहान अस्पतालमा पार्किङमा राखिएको गाडीको गन्ती गर्नका लागि सेटलाइट तस्बिरको प्रयोग गरियो ।
कोरोनाभाइरस गत वर्ष डिसेम्बरमा सबैभन्दा पहिले ऊहान शहरमा भेटिएको थियो । यद्यपि, हार्वर्ड मेडिकल स्कूलको यो शोधलाई अन्य वैज्ञानिकले समीक्षा गरेका छैनन् ।
अनुसन्धानमा खोकी र झाडाबान्ता लागेकाहरुको डाटा पनि अध्ययन गरियो । अनुसन्धानकर्ताका अनुसार ऊहानको अस्पतालमा आउने व्यक्तिहरुको संख्यामा र सर्च इन्जिन डाटामा वृद्धि डिसेम्बर २०१९ भन्दा अघि नै भएको थियो ।
युनिभर्सिटी अफ एडिनबरामा भायरोलोजीका विशेषज्ञ डा. पोल डिगार्डले सेटलाइट तस्बिरबाट अस्पताल आवतजावत गर्नेको संख्या र सर्च इन्जिनको डाटाको प्रयोग गर्नु एउटा रोचक आइडियो भएको जुन केही हदसम्म स्विकार्य पनि भएको बताएका छन् ।
ब्रिटेनको नटिंघम युनिभर्सिटीमा प्राध्यापक किथ निलले भने, ‘यो एउटा रोचक काम हो तर मलाई लाग्दैन कि यसले हामीलाई अघि बढाउन सक्छ ।’
स्रोतः बीबीसी






