न्युयोर्कमा प्रहरीले पक्राउ गर्दा घाँटी थिच्न नपाउने बिल पारित


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

न्युयोर्क राज्यका सांसदहरुले कोही व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीबाट घाँटी थिच्न नपाइने बिल पारित गरेका छन् । एरिक गार्नर घाँटिथिचाईबिरुद्धको ऐन नाम दिइएको उक्त बिल सोमबार पारित भएको हो ।

यदि कोही प्रहरीले कसैको घाँटी थिचेर घाइते बनाएमा वा मृत्यु भएमा ती प्रहरीबिरुद्ध अभियोग लगाउने व्यवस्था बिलमा गरिएको छ । सन् २०१४ मा न्युयोर्कमा प्रहरीले पक्राउ गर्ने क्रममा घाँटी थिच्दा एरिक गार्नरको मृत्यु भएको थियो ।

न्युयोर्क सिटी प्रहरीले घाँटी थिच्नमा पहिले नै प्रतिबन्ध लगाइसकेको छ । तर पारित बिलले यसलाई कानुनी रुपमा नै बर्जित गरेको छ । गभर्नर कुमोले उक्त बिलमा हस्ताक्षर गर्ने बताइसकेका छन् ।

यो बिल गार्नरको मृत्यु लगत्तै सन् २०१४ मा नै पेश गरिएको थियो । तर गतबर्षसम्म न्युयोर्क राज्यको सिनेटमा रिपब्लिकनको पकड रहेकाले बिल यत्तिकै रहेको थियो । अहिले भने जर्ज फ्लोयडको मृत्युपछि यो बिलले सबैको ध्यानाकर्षण गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गार्नरको घाँटी थिचेका प्रहरी अधिकारीलाई गतबर्षमात्रै निष्काशन गरिएको थियो । स्टेटन आइल्याण्ड डिस्ट्रिक्ट एटोर्नी र जस्टिस डिपार्टमेन्टले ती प्रहरी अधिकारीबिरुद्ध अपराधको मुद्दा लगाउन अस्वीकार गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com