आजदेखि न्युयोर्क सिटी पहिलो चरणमा खुल्न सुरु, ४ चरणमा खोलिने


प्रकाशित मिति : जेष्ठ २६, २०७७ सोमबार

कोरोनाको महामारीका कारण बन्द भएको न्युयोर्क सिटी आजदेखि पहिलो चरणमा खुल्न सुरु भएको छ । मार्चको तेश्रो सातादेखि बन्द रहेको न्युयोर्क सिटी सोमबारदेखि पहिलो चरणमा खुल्न सुरु भएको हो ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले यो न्युयोर्क सिटीका लागि ठूलो दिन भएको बताएका छन् । न्युयोर्क सिटी सबै स्वास्थ्य मापदण्डहरु पूरा गरेका कारण सोमबारदेखि पहिलो चरणमा खुल्न सुरु भएको हो ।

शनिबार न्युयोर्क सिटीमा नयाँ संक्रमण पुष्टी हुनेको संख्या मार्च १६ यताकै सबैभन्दा कम रहेको थियो । त्यसैगरी आईसीयु, अस्पतालका साधारण बेड, कोरोना भाइरस परीक्षण लगायतका अन्य मापदण्डहरु पनि न्युयोर्क सिटीले पूरा गरेको छ ।

न्युयोर्क सिटीका ट्रेनमा चढ्दा मास्क अनिवार्य गरिएको छ भने स्टेशनहरुमा सेनिटाइजर राखिएको छ । मास्क नहुनेहरुलाई मास्क समेत वितरण गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दोश्रो चरणमा खोल्ने सन्दर्भमा सावधानी अपनाइरहेको न्युयोर्कका मेयर बिल ब्लाजिओले बताएका छन् । रेष्टुरेण्ट र बारहरुमा बाहिर बस्ने व्यवस्था गर्न अनुमति दिइएको छ भने शैलुनहरु ५० प्रतिशत क्षमतामा खुल्ने भएका छन् ।

दोश्रो चरणमा न्युयोर्क खोल्न जुनको २२ तिर सुरु गर्न सकिने जनाइएको छ । तर जुलाईको सुरुदेखि दोश्रो चरणमा खोल्न सुरु गर्ने लक्ष्य लिइएको छ ।

लङ आइल्याण्ड बुधबारदेखि दोश्रो चरणमा खुल्न सुरु गर्नेछ । हडशन उपत्यका भने मंगलबारदेखि तेश्रो चरणमा खुल्न सुरु गर्नेछ । तेश्रो चरणमा खुलेपछि रेष्टुरेण्टभित्र खानाखान सकिनेछ ।

चौथो चरणमा विद्यालयहरु, म्युजियमहरु र सिनेमाघरहरु पनि खुल्नेछन् । यो कहिलेदेखि खुल्ने भन्नेकुरा संक्रमण, अस्पताल भर्ना हुने दर र मृत्यु दरमा भर पर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com