कोरोनाको कारण ६ करोड मानिस गरिबीको रेखाभन्दा तल पुग्ने : विश्व बैंक


प्रकाशित मिति : जेष्ठ २५, २०७७ आईतबार

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोना भाइरस महामारी विश्वभरको आर्थिक व्यवस्थाको लागि एक ठूलो विनाशकारी झट्का भएको बताएका छन् ।

कोरोना महामारीको कारण करोडौँ मानिसको जिन्दगीमा असर पर्न सक्ने विश्व बैंकका अध्यक्ष मालपासले चेतावनी दिएका छन् । उनले अर्थव्यवस्थामा हुने नोक्सान एक दशकसम्म रहिरहने आशङ्का गरेका छन् ।

मे महिनामा मालपासले कोरोना भाइरसको प्रभावको कारण झण्डै ६ करोड मानिस अत्यधिक गरिबीतर्फ धकेलिने बताएका थिए ।

विश्व बैंकका अनुसार अत्यधिक गरिबीतर्फ धकेलिनुको अर्थ कुनै व्यक्तिसँग जीवन जीउनको लागि एक दिनमा १ दशमलव ९० डलरभन्दा कम हुनु हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुक्रबार दिएको अन्तर्वार्तामा मालपासले ६ करोडभन्दा धेरै मानिसहरुले अब प्रत्येक दिन १ पाउण्डभन्दा कम रकममा जीवन जीउन बाध्य हुनुपर्ने जनाएका थिए ।

बीबीसी रेडियो ४ को कार्यक्रम ुद वर्ल्ड दिस विकेन्डु मा मालपासले कोरोना महामारी र त्यसपछिको लकडाउनले विश्वभरका करोडौँ मानिसको जिन्दगी प्रभावित गरेको बताए ।

यो दुई कारणले मानिसहरुको आम्दानी कम भएको छ भने साथै मानिसहरु स्वास्थ्यप्रति र सामाजिक मेलमिलापप्रति निकै नै सजग भएका छन् । मालपासका अनुसार कोरोना भाइरसलाई निकै मुश्लिक ढङ्गले सामना गरिरहेका मानिसहरु नै धेरै प्रभावित भएका छन् ।

मालपासले भने, ुअमेरिकामा स्टक मार्केट अपेक्षा गरिएको भन्दा माथि नै छ तर गरिब देशका मानिसहरु केवल बेरोजगार भइरहेका छन् र उनीहरुले असङ्गठित क्षेत्रबाट पनि काम पाइरहेका छैनन् । यसको असर एक दशकसम्म रहनेछ । विश्व बैंक आफ्ना सहयोगीहरुसँग मिलेर सबैभन्दा प्रभावित देशमा सहयोग पुर्‍याइरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com