‘ट्रम्प पथ’मा ब्राजिलका राष्ट्रपति : डब्लूएचओलाई चेतावनी


प्रकाशित मिति : जेष्ठ २४, २०७७ शनिबार

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरसको संक्रमणको गति रोक्नुभन्दा अघि लकडाउनलाई नखोल्न सरकारहरुलाई चेतावनी दिएपछि ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले संगठनबाट बाहिरिने चेतावनी दिएका छन् ।

‘अमेरिकाले डब्लूएचओ छाडेको बारेमा हामी अध्ययन गर्दै छौँ । र, भविष्यमा डब्लूएचओले सैद्धान्तिक पक्षपात बिना काम गर्नुपर्छ नत्र हामी पनि बाहिरिने छौँ,’ शुक्रबार राष्ट्रपति कार्यालयबाहिर पत्रकारहरुसँगको कुराकानीमा बोल्सोनारोले भने ।

बोल्सोनारोका सैद्धान्तिक मित्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता डब्लूएचओलाई चीनको कठपुतली बनेको आरोप लगाउँदै संगठनसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए ।

यता, बोल्सोनारोले पनि अमेरिकी राष्ट्रपतिकै तरिकाले कोरोनाभाइरसको संक्रमणसँग जुधिरहेका छन् । उनले भाइरसको चुनौतिलाई बेवास्ता गर्दै होम क्वारेन्टिनको उपायको आलोचना गर्दै आएका छन् भने हाइड्रोक्लोरोक्वीन औषधीको खुलेर तारिफ गर्ने गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले डब्लूएचओलाई चेतावनी दिइरहँदा ब्राजिलमा भाइरसबाट मृत्यु हुनेको संख्या भने ३५ हजार नाघेको छ । मृत्तकको मामिलामा ब्राजिल अमेरिका र बेलायतपछि तेस्रो स्थानमा रहेको छ ।देशमा संक्रमितको संख्य ६ लाख नाघेको छ भने पछिल्लो २४ घण्टामा मात्र १ हजार ४३७ जनाले ज्यान गुमाएका छन् ।स्रोत : अलजजिरा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com