अर्को राहत प्याकेजमा एक ट्रिलियन डलर खर्चने ह्वाइटहाउसको योजना


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न ह्वाइट हाउसले एक ट्रिलियन डलरको राहत ल्याउने योजना बनाइरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आर्थिक टिमसँग भेटेर यसबारे छलफल गरेका छन् ।

अहिलेसम्म कुनै नीतिगत मापदण्ड भने तय भइसकेको छैन । तर सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले अर्को राहत प्याकेज १ ट्रिलियनको हाराहारीमा हुने बताएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।

जुलाईको तेश्रो साताभन्दा अगाडि भने कुनै पनि राहत पारित हुने सम्भावना नरहेको मिच म्याक्कोनेलले जनाएका छन् । जुलाई ३ बाट सिनेटको दुईहप्ते विदा हुने भएकाले सिनेटरहरु जुलाई २० भन्दा अगाडि राजधानी फर्कने कुनै योजना छैन । त्यसैले उक्त मिति अगाडि कुनै राहत पारित हुने सम्भावना कम छ ।

अहिलेसम्म अमेरिकी संसदले राहतसम्बन्धि ४ वटा बिलहरु पारित गरिसकेको छ । जसको कुल राशी झण्डै ३ ट्रिलियन डलर रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ह्वाइट हाउसले बेरोजगारी विमा सुविधामा सुधारबारे पनि सोंचविचार गरेको जनाइएको छ । केही रिपब्लिकन सांसदहरुले काममा फर्कनेलाई साप्ताहिक ४५० डलर दिनेदेखि एकमुष्ठ १२ सय डलर दिनेसम्मका प्रस्तावहरु ल्याएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com