पीपीपी ऋण २४ हप्ताभित्र ६० प्रतिशत तलबमा लगाए मिनाहा हुने बिल दुबै सदनबाट पारित


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

अमेरिकामा कोरोनाको महामारीमा कारण आर्थिक मारमा परेका व्यवसायहरुले प्राप्त गरेको पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगतको रकम ८ हप्ताको साटो २४ हप्ताभित्र प्रयोग गर्नसक्ने बिल संसदको दुबै सदनबाट पारित भएको छ । बिलले प्रदान गरेको यो लचतकताबाट तत्काल कामदार फिर्ता बोलाउन नसक्ने र खोल्न नसक्ने ब्यापारहरुलाई राहत पुग्नेछ ।

बिलले कतिसमयभित्र रकम खर्च गरेमा र के प्रयोजनका लागि खर्च गरेमा उक्त ऋण मिनाहा हुने भन्नेबारे थप लचकताको व्यवस्था गरेको छ । बिलले तलबमा ७५ प्रतिशत रकम खर्च गरेमा ऋण मिनाहा हुने प्रावधानमा लचकता अपनाएर ६० प्रतिशत रकम तलबमा खर्च गरेमा ऋण मिनाहा हुने व्यवस्था गरेको छ ।

अरु ४० प्रतिशत रकम मोर्गेज ब्याज, युटिलिटी र भाडामा प्रयोग गर्न सकिनेछ । यो बिलले गरेको व्यवस्थाले पीपीपी ऋण साना ब्यापारका लागि अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

गत साता प्रतिनिधिसभाबाट भारी बहुमतका साथ पारित यो बिल बुधबार राती सिनेटबापनि पारित भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेपछि यो बिल कार्यान्वयनमा आउनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com