चीनका एयरलाइन्सलाई अमेरिका आउन रोकेपछि चीनले दियो अमेरिकी एयरलाइन्सलाई अनुमति


प्रकाशित मिति : जेष्ठ २२, २०७७ बिहीबार

चीनले अमेरिकाका एयरलाइन्सलाई चीनमा आवतजावत गर्न रोकेको जवाफमा अमेरिकाले जुन १६ पछि चीनका एयरलाइन्सलाई अमेरिकामा आवतजावत गर्न रोक्ने घोषणा गरेपछि चीन पछाडि हटेको छ । चीनले अब आफ्ना सिटीहरुमा विदेशी एयरलाइन्सहरुले हप्ताको एकपटक उडान भर्न पाउने बताएको छ ।

अमेरिकाले हिजो एक आदेश जारी गर्दै चीनका सबै यात्रुवाहक एयरलाइन्सहरुलाई अमेरिका आवतजावतमा रोक लगाउने घोषणा गरेको थियो । चीनले अमेरिकी यात्रुवाहक एयरलाइन्सलाई रोकेपछि अमेरिकाले त्यसको जवाफमा यस्तो घोषणा गरेको थियो ।

चीनमा महामारीका बेलामा विदेशी एयरलाइन्सहरुलाई आवतजावतमा रोक लगाइएको छ । जसमा अमेरिकाका एयरलाइन्सहरु समेत रहेका छन् । चीनले कार्गो विमानलाई भने रोक लगाएको छैन । अमेरिकी कदमपछि चीन पछाडि हट्दै जुन ८ देखि सातामा एकपटक यात्रुवाहक विमानलाई आवतजावत गर्न दिने घोषणा गरेको छ ।

डेल्टा र युनाइटेड एयरलाइन्सले आफ्ना उडानहरु सुचारु गर्ने अनुमतिका लागि चीन सरकार समक्ष अनुरोध गरेका थिए । तर चीनले अमेरिकाका ती एयरलाइन्सहरुलाई अनुमति प्रदान गरेको थिएन । चीनले दुईदेशबीचको उडान सम्बन्धि ४० बर्षदेखिको सम्झौला उल्लंघन गरेपछि अमेरिकाले कडा कदम चालेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com