अफ्रिकी-अमेरिकी युवकको हत्यामा संलग्न प्रहरीकी श्रीमतीले दिइन् ‘डिभोर्स’


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

अमेरिकी राज्य मिनेसोटामा एक निहत्था अश्वेत अफ्रिकी अमेरिकी युवक जर्ज फ्लोयडको हत्यामा संलग्न प्रहरी अधिकारी डेरेक चौभिनकी गर्भवती श्रीमतीले सम्बन्धविच्छेदको गरेकी छिन् ।

डेली मेलका अनुसार ४५ वर्षे केली चौभिनले डेरेकसँगको आफ्नो १० वर्षको सम्बन्ध तोड्न लागेको बताएकी छिन् । आफूहरुबीच सुधार गर्नै नमिल्ने विषयमा मनमुटाव पैदा भएकोले सम्बन्धविच्छेद गरेको केलीले बताएकी छिन् ।

केलीले आफूहरु मे २८ मा आधिकारिक रुपमा छुट्टिएको बताएकी छिन् । त्यसको तीन दिन अघि मात्रै डेरेकले जर्ज फ्लोयडको घाँटीमा ९ मिनेटसम्म घुँडाले थिचका थिए, जसका कारण जर्जको मृत्यु भयो ।

यल इस्टेट एजेन्ट केलीले आफू हाल बेरोजगार भएको बताएकी छिन् । पूर्ववत् सम्बन्धबाट दुई सन्तानकी आमाले डेरेकबाट कुनै पनि आर्थिक सहयोग नचाहेको बताएकी छिन् । ‘प्रतिवादी आफैंले आफैंलाई सहयोग गर्न सक्षम छिन्,’ सम्बन्धविच्छेदको कागजातमा लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लाओसबाट बाल शरणार्थीको रुपमा अमेरिका पुगेकी केलीले आफ्नो नाम परिवर्तन गर्नसमेत अदालतमा निवेदन दिएकी छिन् ।

मिनेसोटा अमेरिकाको सुन्दरी प्रतियोगिताकी बिजेता मिनियापोलिसको हेनेपिन काउन्टी मेडिकल सेन्टरमा रेडियोलोजिस्टको रुपमा समेत कार्यरत थिइन् । यो त्यहि अस्पताल हो जहाँ फ्लोयडलाई मृत घोषणा गरिएको थियो ।

यी दुईले सन् २०१० को जुन १२ तारिखमा मिनेसोटाको वासिङ्टन काउन्टीको अदालतमा विवाह गरेका थिए । उनले सोमबार त्यहि अस्पतालमा सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छिन् ।

डेरेकको कुकृत्यको भिडियो भाइरल भएको थुप्रै दिनसम्म केली चुप बसिन् । उनले शुक्रबार एक वक्तव्य जारी गर्दै आफ्नो सहानुभूति श्रीमानका लागि नभई मृतकको परिवारप्रति भएको बताएकी थिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com