चीनिया यात्रुवाहक विमानलाई जुन १६ पछि अमेरिका आउन जान प्रतिबन्ध


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

अमेरिकाले चीनिया यात्रुवाहक विमानलाई जुन १६ पछि अमेरिका आउन जानमा प्रतिबन्ध लगाएको छ । अमेरिकी सरकारको एभिएसन एण्ड इन्टरनल अफेयर्सका एसिस्टेन्ट सेक्रेटरीले एक आदेश जारी गर्दै चीनका यात्रुबाहक विमानलाई अमेरिका आवतजावतमा प्रतिबन्ध लगाएका हुन् ।

अमेरिकाका यात्रुवाहक विमानहरुलाई दुईपक्षीय अधिकारको अभ्यासको अनुमति प्रदान गर्नमा चीन असफल भएको तथा अमेरिकी यात्रुवाहक विमानको अनुरोधलाई चीन सकारले स्वीकार नगर्नु हवाई यातायात सहमतिको विपरित रहेको भन्दै चीनका यात्रुवाहक विमानमाथि प्रतिबन्ध लगाइएको हो । अमेरिकाका यात्रुवाहक विमान कम्पनीहरुले चीनको उडान सुचारु गर्नका लागि स्वीकृति मागेकोमा चीनले यस्तो स्वीकृति नदिएपछि चीनिया यात्रुवाहक विमानका उडान रोकिएको हो ।

यो आदेशपछि चीनका एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, हाइनान एयरलाइन्स, शिचुवान एयरलाइन्स र जियामेन एयरलाइन्सले अमेरिकामा उडान गर्न नपाउने भएका छन् । अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सले चीनमा उडान भर्नका लागि अनुमति मागेका थिए । तर चीनले भने त्यस्तो अनुमति दिएको छैन । महामारीका बेलामा पनि चीनिया यात्रुवाहक विमान भने अमेरिकामा आवतजावत गरिरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चीनका यात्रुवाहक विमानहरु अमेरिकामा आवतजावत गर्ने तर अमेरिकाका यात्रुवाहक विमानहरु चीन जान नदिने चीन सरकारको रवैया दुईदेशबीचको सहमति विपरित रहेको अमेरिकाको ठहर छ । यसैबीच डेल्टा एयरलाइन्सले आफूहरुको अधिकार सुनिश्चित गर्नका लागि अमेरिकी सरकारले लिएको कदमको प्रशंसा गरेको छ ।

अमेरिकाको यातायात मन्त्रालयले एउटा छुट्टै वक्तब्यमा चीनले जतिवटा अमेरिकी उडानका लागि अनुमति दिन्छ, अमेरिकाले पनि त्यति नै चीनका यात्रुवाहक विमानको उडानका लागि अनुमति दिने जनाएको छ । चीनिया विमानहरु बढीमा सातामा एकपटक अमेरिका आवतजावत गरिरहेका छन् । तर अमेरिका आवतजावत गर्ने चीनका चार्टड विमानहरुको संख्या भने उल्लेख्य रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com