अमेरिका : अर्को राहत बिलमा बेरोजगारी सुविधाबारे परिवर्तन गर्ने तयारी


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

कोरोना भाइरसबारेको अर्को राहत बिलमा बेरोजगारी सुविधाबारे परिवर्तन आउनसक्ने ह्वाइट हाउसका सल्लाहकार केभिन ह्यासेटले जानकारी दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को राहत प्याकेजबारे नीति निर्माणको विकल्प तय गर्न बरिष्ठ अर्थविदहरुको समुहलाई भेट्ने भएका छन् । जसमा बेरोजगारी सहायतामा परिवर्तन ल्याउनेबारे छलफल हुने जनाइएको छ ।

केयर्स एक्टले आगामी जुलाईको अन्त्यसम्म बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका लागि योग्य हुनेलाई अतिरिक्त साप्ताहिक ६ सय डलर दिने व्यवस्था गरेको छ । तर रिपब्लिकनहरुले यसरी रकम दिंदा कामदारहरु काममा फर्कनका लागि प्रेरित नहुने तर्क गर्दै आएका छन् ।

अहिले बेरोजगारी विमा रकम प्राप्त गरिरहेकाहरुमध्ये झण्डै दुईतिहाईले पहिलेको जागिरबाट भन्दा धेरै रकम अहिले बेरोजगारी सहायताबाट प्राप्त गरिरहेका छन् । विजनेशहरुलाई पनि आफ्ना कामदारहरु काममा फर्काउनका लागि निकै मुस्किल भइरहेको छ ।

अहिलेसम्म ह्वाइट हाउसले कस्तो प्रस्तावलाई समर्थन गर्छ भन्ने स्पष्ट छैन । तर ट्रम्पका प्रमुख आर्थिक सल्लाहकार ल्यारी कुड्लोले काममा फर्कनेहरुलाई बोनसदिने प्रस्तावलाई समर्थन गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच रिपब्लिकन सिनेटर रोब पोर्टम्यानले काममा फर्कनेहरुलाई साप्ताहिक ४५० डलर बोनस दिने प्रस्ताव गरेका छन् । तर उनको प्रस्तावमा जुलाई ३१ सम्ममात्र बोनस दिने उल्लेख छ, जुन मितिसम्म बेरोजगार हुनेहरुले पनि अतिरिक्त साप्ताहिक ६ सय डलर प्राप्त गर्नेछन् ।

त्यस्तै टेक्सासका रिपब्लिकन सांसद केभिन ब्राडीले काममा फर्कनेहरुलाई एकमुष्ठ १२ सय डलर बोनस दिने वा दुईसाता ६ सय डलरका दरले दिने प्रस्ताव गरेका छन् । त्यस्तै ह्वाइट हाउसले पेरोल ट्याक्स कटौती गर्ने लगायतका विषयमा सोंच बनाइरहेको जनाइएको छ ।

कोरोनाको महामारीका कारण अमेरिकामा ४ करोडले काम गुमाएको भन्दै बेरोजगारी फायल गरेका छन् । अमेरिकाको ग्रेट डिप्रेशनपछि यस्तो बेरोजगारी दर पहिलोपटक देखिएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com