अश्वेत अमेरिकन जर्ज फ्लोयडको मृत्युमा संलग्न चारैजना प्रहरीबिरुद्ध हत्या अभियोग दायर


प्रकाशित मिति : जेष्ठ २१, २०७७ बुधबार

अश्वेत अमेरिकन जर्ज फ्लोयडको मृत्युमा संलग्न मिनेपोलिसका चारैजना प्रहरीबिरुद्ध अभियोग दायर गरिएको छ । उनैहरु चारैजनालाई निलम्बन गरेर हत्याको अभियोग दायर गरिएको छ ।

जर्ज फ्लोयडको घाँटीमा घुँडा धँस्नेबिरुद्ध सेकेण्ड डिग्री हत्याको अभियोग दायर गरिएको छ भने अरु तीनजनाबिरुद्ध सहयोग र दुरुत्साहनको अभियोग दायर गरिएको छ । जर्ज फ्लोडयको मृत्यु भएको एकसातापछि अरु जनाबिरुद्ध पनि मुद्दा दायर गरिएको हो ।

अघिल्लो सोमबार बेलुका ग्रोसरी स्टोरबाट पक्राउ गर्ने क्रममा बेहोस भएका जर्ज फ्लोयडको प्रहरी हिराशतमा मृत्यु भएको थियो । सामान किनेर नक्कली नोट दिएको अभियोगमा उनलाई पक्राउ गर्ने क्रममा प्रहरी अधिकारीले उनको घाँटीमा घुँडा धँसेका थिए ।

त्यसपछि अमेरिकाभर त्यसको विरोधमा प्रदर्शनहरु भएका छन् । कतिपय ठाउँमा त्यस्ता प्रदर्शनहरु हिश्रंक बनेका छन् भने लुटपाटमा समेत परिणत भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डेरेक चाउभिन नामका प्रहरीले जर्जको घाँटीमा झण्डै ९ मिनेट घुँडा धँसेका थिए । उनलाई यसअगाडि नै उनीबिरुद्ध थर्ड डिग्री हत्या र सेकेण्ड डिग्री नरसंहारको मुद्दा चलाइएको छ । सेकेण्ड डिग्री हत्यामा संलग्न भएको प्रमाणित भएमा वा सघाएको प्रमाणित भएमा ४० बर्षसम्म जेलसजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ । नरसंहारमा पनि सहभागी भएको र सघाएको प्रमाणित भए १० बर्ष जेलसजाय हुनसक्ने प्रावधान छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com