बेरोजरगारलाई साप्ताहिक ६ सय दिने अवधि नथपी काममा फर्कनेलाई बोनस दिने प्रस्ताव


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

अमेरिकामा कोरोनाको महामारीका कारण काम गुमाएकाहरुलाई बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका अतिरिक्त दिदै आएको साप्ताहिक ६ सय डलरको अवधि नथपिने सम्भावना बढेको छ । जुलाई ३१ सम्मका लागि बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता पाइरहेकाहरुले अतिरिक्त साप्ताहिक ६ सय पनि पाउनेछन् ।

त्यसपछि भने अवधि नथपिने सम्भावना रहेको छ । यद्यपी साप्ताहिक ६ सय दिने सहायता यो सन् २०२१ को जनवरीसम्म थप्ने प्रस्तावसहित डेमोक्र्याट्सहरुले ल्याएको बिल संसदको तल्लो सदनबाट पारित भइसकेको छ । सिनेटबाट पारित हुने सम्भावना भने निकै न्यून रहेको छ ।

दुबै पार्टीका सांसदहरुले अहिले काममा फर्कनेहरुलाई बोनस दिनेगरी बिल ल्याउने विषयमा छलफल गरिरहेका छन् । बेरोजगारी विमा रकम प्राप्त गर्नका लागि काममा नजानेहरुको संख्यालाई मध्यनजर गर्दै काममा फर्कर्नका लागि प्रोत्साहित गर्न बोनस दिनेबारे छलफल भइरहेको छ ।

ओहायोका रिपब्लिकन सिनेटर रोब पोर्टम्यानले काममा फर्कनेहरुलाई साप्ताहिक ४५० डलर बोनस दिने प्रस्ताव ल्याएका छन् । त्यस्तै एकमुष्ठ रकम दिने विषयमा पनि छलफल भइरहेको छ । उदाहरणका लागि १० हप्ताका लागि साप्ताहिक ६ सय दिनुको साटो एकमुष्ठ ६ हजार दिने विषयमा समेत छलफल भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com