न्युयोर्कमा हरेक दिन बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म एकसाता रात्रीकालिन कर्फ्यु


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

न्युयोर्क सिटीमा हिजोदेखि सुरु भएको रात्रीकालिन कर्फ्यु आदेश जुन ८ सम्म लम्बाइएको छ । न्युयोर्कका मेयर बिल ब्लाजिओले न्युयोर्कमा रात्रीकालिन कर्फ्यु आदेश लम्बाउने घोषणा गरेका हुन् ।

हिजोराती ११ बजेदेखि सुरु भएको कर्फ्यु आजविहान ५ बजेसम्म कायम रहेको थियो । तर आजदेखि भने हरेक दिन बेलुका ८ बजेदेखि कर्फ्यु सुरु हुनेछ भने विहान ५ बजेसम्म कायम हुनेछ । जुन ८ विहान ५ बजेसम्म कर्फ्यु जारी हुनेछ ।

कर्फ्यु जारी भएको समयमा कुनै पनि व्यक्ति वा गाडी सार्वजनिक स्थलमा उपस्थीत हुन प्रतिबन्ध लगाइएको छ ।

तर पत्रकारहरु, स्वास्थ्य कर्मचारीहरु, रेष्टुरेण्टबाट खानेकुरा डेलिभरी गर्नेहरु लगायतले कर्फ्युको समयमा बाहिर निस्कन पाउनेछन् । प्रहरी अधिकारीहरु, शान्ति अधिकारीहरु, अग्नी नियन्त्रक, मेडिकल प्राविधिकहरु, अत्यावश्यक काममा जाने र फर्कनेहरु, होमलेसहरु र औषधी तथा उपचारका खोजीमा रहेकाहरुका सन्दर्भमा लागु हुनेछैन ।

कर्फ्यु आदेशसँगै न्युयोर्क सिटीमा सडकमा प्रहरी परिचालन पनि दोब्बर पारिएको छ । सडकमा कम्तीमा ८ हजार प्रहरीहरु परिचालन गरिएको छ ।

प्रहरी हिराशतमा एकजना अश्वेत व्यक्तिको मृत्युको घटनालाई लिएर अमेरिकाभर प्रदर्शन भइरहेको छ । न्युयोर्कमा पनि प्रदर्शन हिंश्रक बन्दै गएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com