न्यूजिल्याण्डमा अर्को हप्तादेखि कुनै प्रतिबन्ध नलाग्ने : प्रधानमन्त्री


प्रकाशित मिति : जेष्ठ २०, २०७७ मंगलबार

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोनाभाइरस महामारी रोकथामका लागि लगाइएको सबै प्रतिबन्धलाई अर्को हप्तादेखि हटाइने सम्भावना रहेको बताएकी छिन् ।

उनका अनुसार त्यसपछि देशमा ‘अलर्ट लेभल–वान’ जारी रहनेछ जसअनुसार सामाजिक दुरीको आवश्यकता हुनेछैन र मानिसहरुलाई जम्मा हुनबाट लगाइएको प्रतिबन्ध पनि हटाइनेछ ।

यद्यपि, उनले देशको सीमा हालका लागि बन्द हुने कुरा भने स्पष्ट पारेकी छिन् । मंगलबारको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘चाँडोभन्दा चाँडो कडा लकडाउन लागू गर्ने हाम्रो रणनीतिले फाइदा पुर्याएको छ । साँचो भन्ने हो भने यो आशा गरेभन्दा बढी हो ।’

प्रतिबन्ध कहिलेसम्म जारी रहनेछ ? यसबारे जसिन्डाको क्याबिनेटले २२ जूनमा निर्णय गर्दैथियो तर अब यो बैठक निश्चित मितिभन्दा अघि अर्थात् ८ जुनमा आयोजना गरिँदैछ ।

न्यूजिल्याण्डमा लगातार ११ औं दिन कोरोना भाइरसका कोही पनि नयाँ संक्रमित भेटिएका छैनन् । न्यूजिल्याण्डको सरकारले यो लगभग सात हप्ता लामो कडा लकडाउनका कारण सम्भव हुन सकेको छ जसलाई न्यूजिल्याण्डका नागरिकले निकै गम्भीरताका लागि पालना गरे ।

स्रोतः बीबीसी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com