प्रहरीबाट जर्ज फ्लोयड मारिएपछि अशान्त अमेरिका, कहाँ के भयो ?


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

प्रहरीबाट मिनापोलिसमा अश्वेत अमेरिकन मारिएको घटनाको एकसाता भएको छ त्यसपछिका ६ दिन अमेरिकामा निकै अशान्त भएका छन् । गत सोमबार राती एउटा ग्रोसरी स्टोरमा पुगेका जर्ज फ्लोयडले स्टोरमा २० डलरको नक्कली नोट दिएको आरोपमा स्टोरले प्रहरी बोलाएपछि पक्राउ गर्ने क्रममा प्रहरीले घाँटी न्याकेपछि उनको मृत्यु भएको थियो ।

त्यसयताको ६ दिन अमेरिकाका विभिन्न स्थानमा निकै हिंश्रक प्रदर्शनहरु भएका छन् । कतिपय प्रदर्शनहरु शान्तिपूर्ण छन् भने कतिपय अत्यन्तै हिंश्रक बनेका छन्, जसमा प्रहरी र सर्वसाधारणबीच मुठभेडका घटनाहरु समेत भएका छन् ।

सप्ताहन्तभर अमेरिकाका विभिन्न राज्यमा अत्यन्तै नराम्रा दृश्यहरु देखिए । न्युयोर्कमा भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीहरु भएतिर गाडी जोतेको भिडियो यतिबेला भाइरल भइरहेको छ । त्यस्तै मिनेसोटामा एउटा व्यक्तिले ट्यांकर ट्रक प्रदर्शनकारीहरुको भींडतिर जोतेको थियो, उक्त व्यक्तिलाई आक्रमणको अभियोगमा पक्राउ गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विभिन्न स्थानमा पत्रकारहरुमाथि समाचार संकलनका क्रममा अवरोध र आक्रमण भएको छ । प्रदर्शनको समाचार संकलन गर्न गएका पत्रकारहरु पक्राउ समेत परेका छन् । कैयन सिटीमा भवनहरु र ब्यापारहरुमा लुटपाट र आगजनी समेत गरिएको छ ।

बोस्टनमा कम्तीमा ७ जना प्रहरी अधिकारीहरु घाइते भएका छन् भने डेट्रोइटमा प्रदर्शनका क्रममा एकजना २१ बर्षको व्यक्तिमाथि गोली प्रहार भएको छ । ती व्यक्तिको मृत्यु भएको छ । यद्यपी ती व्यक्ति प्रदर्शनमा सहभागी थिए वा थिएनन् भन्नेबारे प्रहरीले पुष्टी गरेको छैन ।

ह्वाइट हाउस अगाडि भएको प्रदर्शनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई केहीबेर बंकरभित्र लगिएको थियो । उनका साथमा परिवारका अन्य सदस्यहरुलाई पनि ह्वाइटहाउसमा बंकरमा लगिएको जनाइएको छ ।

अमेरिका अशान्त बनेपछि कम्तीमा ४० वटा सिटीहरुमा कर्फयु आदेश जारी गरिएको छ । वासिंटन डिसी र १५ राज्यहरुमा सेना परिचालन गरिएको छ भने मंगलबार यता भएका प्रदर्शनहरुमा अमेरिकाभर कम्तीमा ४ हजार पक्राउ परेका छन् ।

यसैबीच फ्लोयडको घाँटीमा घुँडा धँसेका निलम्बित प्रहरी अधिकारीलाई तेश्रो डिग्री हत्या र दोश्रो डिग्री नरसंहारको मुद्दा लगाइएको छ । प्रहरी अधिकारी डेरेक चाउभिनलाई आगामी जुन ८ मा अदालतमा उपस्थीत गराइने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com