अशान्त शिकागो : सप्ताहन्तभर ८२ जनामाथि गोलीप्रहार, १९ को मृत्यु


प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार

यो सप्ताहन्त अमेरिकाको शिकागोमा यो बर्षकै सबैभन्दा हिंश्रक भएको छ । विभिन्न बन्दुक सम्बन्धी हिंशाका घटनामा ८२ जनामाथि गोली प्रहार भएको छ जसमध्ये १९ जनाको मृत्यु भएको छ ।

अधिकांशमाथि आइतबार गोली प्रहार भएको हो भने कुल घाइतेको संख्या ६३ पुगेको छ । एकातिर मिनापोलिसमा प्रहरीबाट मारिएका जर्ज फ्लोयडको हत्याको विरोधमा शिकागोमा सप्ताहन्तभर प्रर्दशन, लुटपाट र अराजकता फैलियो भने अर्कातर्फ बन्दुक हिंशाका घटनाहरु भए ।

प्रदर्शन र हिंशाका कारण शिकागोमा सयौंलाई गिरफ्तार गरिएको छ भने कर्फयु आदेश समेत जारी गर्नुपर्ने अवस्था आएको छ । शनिबार राती वेस्ट साइडको वेष्ट गार्फिल्ड पार्कमा १८ बर्षको बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको घटना पछिल्लो भयानक घटना हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शिकागो अर्को सुचना जारी नहुन्जेलसम्मका लागि बेलुका ९ बजेदेखि विहान ६ बजेसम्म कर्फयु आदेश जारी गरिएको छ । हिंश्रक प्रदर्शनहरुमा प्रहरीमाथि आक्रमणका घटनाहरु भएका छन् ।

गत हप्तापनि शिकागोमा अत्यन्तै हिंश्रक रहेको थियो । उक्त मेमोरियल सप्ताहमा भएका विभिन्न गोलीकाण्डमा १० जनाको मृत्यु भएको थियो भने ३९ जना घाइते भएका थिए । मेमोरियल सप्ताहमा यतिधेरै गोलीकाण्डका घटना भएको ५ बर्षमा यो पहिलोपटक हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com