अमेरिकामा ४० लाखलाई डेबिट कार्डमार्फत १२ सय डलरको राहत, यसरी प्रयोग गर्नुहोस्


प्रकाशित मिति : जेष्ठ १५, २०७७ बिहीबार

अमेरिकी सरकारले कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न अधिकांश करदाता र कर तिर्न नपर्ने कैयनलाई १२ सय डलरको राहत डेबिट कार्डमार्फत पठाउने भएको छ । ४० लाखलाई डेबिट कार्डमार्फत राहत पठाइदै गरेको आईआरएसले जनाएको छ ।

राहत रकम सबैभन्दा छिटो डाइरेक्ट डिपोजिट बैंक खाता हुनेहरुले प्राप्त गरेका थिए । त्यसपछि कैयनलाई हुलाकमार्फत चेकबाट रकम पठाइएको थियो । अहिले डेबिट कार्डमार्फत समेत रकम पठाउन थालिएको छ । बैंक खाता नहुनेहरुले पनि डेबिट कार्डमा आएको रकम सहजै प्रयोग गर्न सक्ने भएका छन् ।

यो कार्डको प्रयोग अधिकांश प्रयोजनका लागि निशुल्क गर्न सकिनेछ । नेटवर्कको एटीएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्नेछैन तर नेटवर्क बाहिरको एटीएमबाट रकम निकाल्दा भने २ डलर तिनुपर्नेछ । बैंकको काउन्टरमा गएर टेलरमार्फत रकम निकाल्नुपरेमा भने ५ डलर शुल्क लाग्नेछ ।

नेटवर्क बाहिरको एटीएमबाट ब्यालेन्स चेक गर्दा २५ सेन्टस लाग्नेछ भने अमेरिकाबाहिरको एटीएमबाट रकम निकाल्दा ३ डलर शुल्क लाग्नेछ । यदि कार्ड हराएमा वा चोरी भएमा साढे ७ डलर शुल्क तिरेर नयाँ कार्ड मगाउन सकिनेछ । यदि कार्ड एकसाताभित्र चाहिएमा अतिरिक्त १७ डलर तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्डबारे कुनै समस्या भएमा फोन नम्बर मा सम्पर्क गर्न सकिनेछ । कार्डमा ४ अंकको पिन सेटअप गर्नुपर्छ । उक्त पिन नम्बर हालेर सामान किन्न वा एटीएमबाट रकम निकाल्न सकिन्छ । कार्डबारे थप जानकारीका लागि वेवसाइटको समेत सुरुवात गरिएको छ ।

यो वेवसाइटमा गएर थप जानकारी लिन सकिनेछ ।

यो १२ सय डलर पाउनका लागि व्यक्तिका हकमा ७५ हजारभन्दा कम आम्दानी, घरमुलीका हकमा १ लाख १२ हजार ५ सय भन्दा कम आम्दानी, दम्पत्तिका हकमा १ लाख ५० हजारभन्दा कम आम्दानी भएको र अमेरिकामा काम गर्न योग्य सोसल सेक्युरिटी नम्बर भएको हुनुपर्छ ।

यदि एकजना करदाताको आम्दानी ७५ हजारभन्दामाथि र ९९ हजारभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जान्छ । यदि घरमुलीको आम्दानी १ लाख १२ हजार ५ सय हजारभन्दामाथि र १ लाख ३६ हजार ५ सयभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जान्छ । त्यस्तै दम्पत्तिको आम्दानी १ लाख ५० हजारभन्दामाथि र १ लाख ९८ हजारभन्दा कम छ भने आम्दानीको आधारमा प्राप्त गर्ने रकम कम हुँदै जान्छ ।

रिटायर्टभएका योग्यहरु, सोसल सेक्युरिटी पाइरहेकाहरु, रेलरोड रिटायर्डहरु, अपांगता वा बरिष्ठको भत्ता लिइरहेकाहरुले ट्याक्स फाइलका लागि प्रयाप्त आम्दानी नगरेपनि यो १२ सय डलरको चेक पाउँछन् ।

बच्चा हुनेहरुले प्रतिबच्चा अतिरिक्त ५ सय डलर पाउँछन् ।

खसोखासलाई सहयोग गर्न चाहनुहुन्छ ? यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com