विश्व कोरोनाभाइरसको पहिलो लहरको मध्यबिन्दुमा : विश्व स्वास्थ्य संगठन


प्रकाशित मिति : जेष्ठ १२, २०७७ सोमबार

विश्व कोरोनाभाइरस संक्रमणको पहिलो लहरको मध्यविन्दुमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनका आपतकालिन प्रमुख माइक रायनले केही देशहरुमा कोरोनाको संक्रमण कम हुँदै गएको देखिएपनि मध्य र दक्षिण अमेरिका, दक्षिण एसिया र अफ्रिकामा बढिरहेको जानकारी दिएका छन् ।

कोरोना भाइरसको संक्रमण कम हुँदै गएका देशहरुले महामारी रोक्ने मापदण्डहरुलाई छिटो छाडेमा तत्कालै संक्रमणको दोश्रो उचाइको सामना गर्नुपर्ने विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । महामारी लहरका रुपमा आउने बताउँदै रायनले पहिलो लहर आएको ठाउँमा यो बर्षको अन्त्यतिर अर्को लहर आउनसक्ने बताएका छन् ।

पहिलो संक्रमणको लहर रोक्नका लागि अपनाइएका मापदण्डहरु छिट्टै हटाएमा संक्रमण दर छिट्टै माथि उठ्ने उनले चेतावनी दिएका छन् । तर रोग कुनैपनि बेला अचानक बढ्नसक्ने उनको भनाई छ ।

उत्तर अमेरिका र युरोपले जनस्वास्थ्य र सामाजिक मापदण्डहरुलाई कायम राखिरहनुपर्ने उनको भनाई छ । त्यस्तै निगरानीका मापदण्ड, परीक्षणका मापदण्ड र बृहत रणनीति कायम गर्नुपर्ने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कैयन युरोपियन देशहरु र अमेरिकाका राज्यहरुले पछिल्ला हप्ताहरुमा लकडाउनका मापदण्डहरु हटाउनका लागि कदमहरु चालिरहेका छन् । लकडाउनका मापदण्डहरु कायम राखिरहँदा युरोप र अमेरिकाको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com