चीनबाट काठमाडौंका लागि शुरुभयो रेलवे–सडक कार्गो सेवा


प्रकाशित मिति : जेष्ठ ११, २०७७ आईतबार

चीनबाट काठमाडौंका लागि रेलवे–सडक कार्गो सेवा शुरु गरिएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् । सिन्ह्वाले शाङ्सीको सिआन शहरबाट शुक्रबार काठमाडौंका लागि रेलवे–सडक कार्गो सेवा शुरु भएको जनाएको छ ।

तिब्बतको सिगात्सेसम्म आउने रेलमा पाइप, कपडा, जुत्ता लगायत सामग्री रहेको जनाइएको छ । त्यहाँबाट केरुङ र तातोपानी सडकमार्ग भएर काठमाडौंसम्म उक्त सामग्री ल्याइनेछ । शुक्रबार छुटेको रेलमा ३९० टन सामग्री रहेको छ ।

यी सामग्री आठ दिनमा काठमाडौं आइपुग्ने पनि सिन्ह्वाले जनाएको छ । उक्त रेल सेवालाई चिनियाँ सञ्चार माध्यमहरुले काठमाडौं हुँदै दक्षिण एसिया जोड्ने पहिलो सेवा भएको उल्लेख गरेका छन् ।

भारतको एकतर्फी निर्भरता तोड्नेगरी सरकारले चिनियाँ बन्दरगाह भएर सामग्री ल्याउनेगरी सम्झौता गरिसकेको छ । २०७२ को संविधान जारी भएलगतै भारतले नाकाबन्दी लगाएपछि नेपालले उत्तरी छिमेक चीनसँग हिमालपार कनेसक्नस सम्झौता गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com