सान फ्रान्सिस्कोको पियर ४५ मा भिषण आगलागी, निभाउने प्रयासमा १२५ बढी अग्नीनियन्त्रक


प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार

सान फ्रान्सिस्कोको पियर ४५ मा शनिबारविहान देखि सुरु भएको आगलागीका कारण फिसरम्यानहरुको घाटको एकचौथाईभाग ध्वस्त भएको छ । आगो नियन्त्रणका लागि १२५ भन्दा धेरै अग्नीनियन्त्रकहरु खटिरहेको जनाइएको छ ।

अहिलेसम्म आगलागीमा परेर कोहीपनि घाइते भएको खबर छैन भने पियर पूर्णरुपमा खाली गराइएको छ । शनिबार विहान उक्त स्थानमा आगोको ज्वाला दन्केको देखिएको थियो । विहान सबा ४ बजेबाट आगलागी सुरु भएको थियो ।

आगलागीका कारण पियरको दक्षिण भागमा भवन आंशिक रुपमा ध्वस्त भएको छ भने अरु दुईवटा भवनमा पनि आगो फैलिएको छ । तेश्रो भवनमा पनि आगो फैलिने खतरा रहेको जनाइएको छ ।

आगलागी वायरहाउसबाट सुरु भएको जनाइएको छ । आगलागीको कारण अहिलेसम्म खुलेको छैन । यो वायरहाउस एउटा ठूलो माछा प्रशोधन केन्द्र हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com