कोरोनाका कारण काम गुमाउनेलाई जनवरीसम्म साप्ताहिक ६ सय दिनेमा रिपब्लिकनहरु असहमत


प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार

कोरोना भाइरसबारेको नयाँ राहत प्याकेजमा संघीय सरकारबाट प्राप्त हुने बेराजगारी विमा रकमको अवधि नथपिने सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले बताएका छन् । डेमोक्र्याट्सहरुले संघीय सरकारबाट प्राप्त हुने साप्ताहिक ६ सय डलरको संघीय महामारी बेरोजगारी क्षतिपूर्ति रकम जुलाई ३१ बाट बढाएर जनवरीसम्म दिनुपर्ने प्रस्ताव ल्याएका छन् ।

अर्को चरणमा १२ सय डलरको राहत दिने सन्दर्भमा अझै पनि दुइैदलीय सहमति भइसकेको छैन । तर डेमोक्र्याट्सहरुले हाउसबाट भने ३ ट्रिलियन डलरको बिल पारित गरिसकेका छन् । यद्यपी यो बिल सिनेटबाट पारित हुने सम्भावना भने निकै न्यून रहेको छ ।

मिच म्याक्कोनेललाई थप संघीय सहायताबारे प्रश्न गरिएको थियो । उनले जवाफमा साढे २ ट्रिलियन राहतको प्रभाव हेर्न चाहेको बताएका थिए । सिनेटमा रिपब्लिकन सांसदहरुले बेरोजगारी विमा रकमबापत संघीय सरकारबाट दिने साप्ताहिक ६ सय डलर जनवरीसम्म थप्दा मान्छेहरु कामबाट भन्दा धेरै रकम घरमै बसेर पाउन थालेपछि काममा जान छाड्ने सम्भावना रहेको बताउँदै आएका छन् ।

हाउसबाट पारित नयाँ राहत प्याकेजमा अमेरिकामा कोरोनाको महामारीबाट उत्पन्न आर्थिक संकटको सामना गर्न दोश्रोपटक सबै करदाता र नन फाइलर्सहरुलाई १२ सय डलर दिने प्रस्ताव गरिएको छ । झण्डै ३ ट्रिलियन डलरको उक्त बिलमा रिपब्लिकनहरुको सहमति नभएकाले हाउस स्पीकर न्यान्सी पेलोसीले आफूहरुले टेबलमा प्रस्ताव राखेको र मोलतोल गर्न तयार रहेको बताएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकांश रिपब्लिकनहरुले यो बिललाई सिनेटमा पुग्नुअगाडि नै मृतबिलको संज्ञा दिएका थिए । रिपब्लिकन नेताहरुले जस्तो राहत ल्याएपनि दुईपक्षीय सहमतिमा ल्याउनुपर्ने बताएका छन् ।

सिनेटका रिपब्लिकन नेता मिच म्याक्कोनेलले आफूले ह्वाइटहाउसँग सल्लाह गरिरहेको र अगाडि बढ्ने भएमा दुईदलीय सहमतिका साथ अगाडि बढ्ने बताएका छन् ।१८ सय पृष्ठभन्दा लामो उक्त बिलमा काम गुमाएकाहरुलाई संघीय सरकारबाट जनवरीसम्म नै साप्ताहिक ६ सय डलर दिने उल्लेख छ ।

१ ट्रिलियन डलर राज्य र स्थानीय सरकारहरुलाई उपलब्ध गराउने, प्रतिव्यक्ति १२ सय र परिवारलाई ६ हजार डलरसम्म पाउनेगरी दोश्रो चरणको राहत रकम करदाताको खातामा पठाउने, अत्यावश्यक कामदारका लागि २०० बिलियन डलर उपलब्ध गराउने, ७५ बिलियन कोरोना भाइरसको टेस्टमा उपलब्ध गराउने लगायतका विषयहरु बिलमा समावेश गरिएको छ ।

त्यस्तै कोरोनाको महामारीका कारण काम गुमाएहरुले संघीय सरकारबाट जुलाई ३१ सम्ममात्र साप्ताहिक ६ सय डलर पाउने वर्तमान व्यवस्था रहेकोमा त्यसलाई जनवरीसम्म लम्बाउने पनि बिलमा उल्लेख छ । भाडा, मोर्गेट र युटिलिटीमा सहायताका लागि ७५ बिलियन छुट्याउने पनि बिलमा उल्लेख गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com